नेपालमा २ हजार ६२४ जनामा सङ्क्रमण, उपत्यकामा ७९५ जना संक्रमित
झापा । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार वितेका २४ घण्टामा थप दुई हजार ६२४ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा थप २० जनाको मृत्यु भएको छ । हालसम्म कोरोनाबाट १० हजार २५९ जनाको मृत्यु भइसकेको छ ।
काठमाडौँ उपत्यकामा ७९५ बढी सङ्क्रमित भएका छन् । सबैभन्दा धेरै काठमाडौँमा ५३५, ललितपुरमा १६४ र भक्तपुरमा ९६ मा सङ्क्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा १३ हजार ५७३ परीक्षण गरिएको थियो । हालसम्म गरिएको पिसीआर परीक्षणमा सङ्क्रमितको सङ्ख्या सात लाख ३० हजार ४७९ पुगेको छ । एन्टिजेन परीक्षण गर्नेको सङ्ख्या ६४ हजार ६११ रहेको छ । आज एक हजार ३३० जना सङ्क्रमणमुक्त भएका छन् । हालसम्म छ लाख ८० हजार ८१५ सङ्क्रमण मुक्त भएका छन ।
हाल ३६ हजार दुई जना होम आइसोलेशन, दुई हजार ४०३ जना संस्थागत आइसोलेशन छन् । त्यसैगरी ७६० जना आइसियू र १८६ जना भेन्टिलेटरमा उपचाररत छन् । देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या ३९ हजार ४०५ जना छ ।