२०८२ चैत्र २२ गते , आईतबार

संगीतकार गणेश रसिकलाई पत्नी शोक

sajilo news
परिवेश मिडिया
२०७८ कार्तिक ११ गते , विहीबार
संगीतकार गणेश रसिकलाई पत्नी शोक

काठमाडौं । संगीतकार गणेश रसिकलाई पत्नी शोक परेको छ ।   रसिककी धर्मपत्नी निरा सेरचन राईको हिजो बुधबार निधन भएको हो । 

गत असोज १९ गते कोरोना पोजेटिभ भएर अस्पताल भर्ना भएकी ६८ बर्षिय शेरचनको १ साता आईसियुमा र त्यसयता भेन्टीलेटरमा राखेर ह्याम्स अस्पताल काठमाडौ उपचार हुँदै आएको थियो । भेन्टिलेटरमै राखेर उपचाररत रहेको अवस्थामा बुधबार दिउँसो २ बजे निधन भएको हो । उनको एक छोरी छन् । छोरा निमेश रसिक राईको गत २०६७ सालमा फिक्कल रम्फोकस्थित घरमा निधन भएको थियो ।

सम्बन्धित समाचार