२०८२ चैत्र २२ गते , आईतबार

तत्काल लकडाउन नहुने, स्वास्थ्य मापदण्ड अपनाउन आग्रह

sajilo news
परिवेश मिडिया
२०७८ मंसीर २० गते , सोमबार
तत्काल लकडाउन नहुने, स्वास्थ्य मापदण्ड अपनाउन आग्रह

काठमाडौँ लकडाउन हुँदैछ भनेर हल्ला फैलिएसँगै  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले लकडाउनबारे निर्णय नभएको जनाएको सोमबार ओमिक्रोनका जना संक्रमित भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यस्तो जनाएको हो

झण्डै ४० देशमा देखा परिसकेको यो भेरिएन्ट संक्रामक पनि मानिएको ओमिक्रोन फैलनसक्ने भन्दै सामाजिक सञ्जालमा चासो चिन्ता बढेपछि सरकारले सचेत गराउँदै लकडाउन बारे निर्णय नगरेको जनाएको हो

मन्त्रालयका सहप्रवक्ता डा समीर कुमार अधिकारीले सरकारले लकडाउन बारे केही निर्णय नगरेको बताए उनले भने, ‘लकडाउन हुँदैन यसबारे सरकारले केही निर्णय गरेको छैन

उनका अनुसार ओमिक्रोनको निगरानीका लागि सर्भिलेन्स तथा कन्ट्याक्ट ट्रेसिङ कार्यलाई थप प्रभावकारी बनाइएको उनले जनस्वास्थ्यका मापदण्ड सबैले पालना गर्न आफ्नो पालोमा खोप लिनुपर्ने बताए

नेपालमा पनि ओमिक्रोन देखिएपछि फेसबुक, टिकटक, ट्वीटर लगायत सामाजिक सञ्जालमा धेरैले सरकारले अब लकडाउन गर्नसक्ने भन्दै चासो चिन्ता व्यक्त गर्न थालेका छन् तर सरकारी अधिकारीहरूले अहिले लकडाउनबारे कुनै निर्णय नगरेको जनाएका छन् तर स्वास्थ्य मापदण्ड पालना गर्न सबैलाई सचेत गराएका छन्

सम्बन्धित समाचार