२०८२ चैत्र २२ गते , आईतबार

भेरोसेलको दुवै मात्रा लगाएका ६० बर्ष माथिका नागरिकलाई ‘बुस्टर डोज’ दिइने

sajilo news
परिवेश मिडिया
२०७८ मंसीर २३ गते , विहीबार
भेरोसेलको दुवै मात्रा लगाएका ६० बर्ष माथिका नागरिकलाई ‘बुस्टर डोज’ दिइने

काठमाडौं कोरोना भाइरस विरुद्धको खोपको दुवै मात्रा लगाएका व्यक्तिलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले खोपको थप मात्रा  ‘बुस्टर डोजदिने भएको राष्ट्रिय खोप सल्लाहकार समितिको सिफारिसका आधारमा ६० वर्षभन्दा माथिका भेरोसेलको दुवै मात्रा लगाएका ज्येष्ठ नागरिकलाई बुस्टर डोज दिइने भएको हो

समितिको सिफारिस विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)को मापदण्डमा परेका ६० वर्षभन्दा माथिका भेरोसेल खोपको दुई मात्रा लगाएका ज्येष्ठ नागरिकलाई एक मात्रा खोप पुनः दिन थालिएको स्वास्थ्य सेवा विभागको परिवार कल्णाण महाशाखाका प्रमुख डा. विवेककुमार लालले जानकारी दिए

राष्ट्रपति विद्यादेवी भण्डारीले पनि स्वास्थ्यमन्त्री विरोध खतिवडा मन्त्रालयका उच्च अधिकारीसँग यही मङ्सिर १७ गते गरेको छलफलमा एक चरण खोप लगाइसकेका नागरिकका लागि विशेषज्ञको राय लिएरबुस्टर डोजउपलब्ध गराउन आग्रह गरेका थिए।

भेरोसेल खोपको दुई मात्रा लगाइसकेका ६० वर्षभन्दा माथिका व्यक्तिलाई थप मात्रा (बुस्टर डोज) दिन डब्लुएचओले सिफारिस गरेको ,’ उनले मन्त्रालयले गरेको नियमित पत्रकार सम्मेलनमा भने,‘सोही सिफारिसलाई खोप सल्लाहकार समितिले नेपालमा पनि ६० वर्षभन्दा माथिका भेरोसेल लगाएका दुई मात्रा लगाएका सबै व्यक्तिलाई तीन महिनापछि एक मात्रा खोप बुस्टर डोज लगाउन सिफारिस गरेको छ। सोही अनुसार मन्त्रालयले गृहकार्य अगाडि बढाइसकेको

बढीभन्दा बढी जनसङ्ख्या खोप लगाएपछि पनि पुनः थप मात्रा (बुस्टर डोज) दिने उहाँको भनाइ रहेको अहिलेको कोरोना भाइरसको भेरियन्टको सङ्क्रमणको जोखिम कति छ। यसभन्दा अगाडि लगाएका खोपले अहिलेको भेरियन्टसँग जुध्न सक्छ कि सक्दैन भन्ने अध्ययनको नतिजा आउँछ भन्नेबारेमा डब्लुएचओले बुस्टर डोजको अध्ययन गरिरहेको छ। त्यो सबैको परिणामको पुनः आकलन गरेर सरकारले बुस्टर डोजको बारेमा थप निर्णय लिने ,’ उनले भने

केही विशेष अवस्थाका व्यक्तिलाई खोप लगाएपछि जुनस्तरमा रोग प्रतिरोधात्मक क्षमता हुनुपर्ने हो, त्यो नभएपछि त्यस्ता व्यक्तिलाई थप मात्रा (बुस्टर डोज) दिन डब्लुएचओले सिफारिस गरेको यस्तै क्यान्सरका रोग भएका, अङ्ग प्रत्यारोपण गरेका, रोग प्रतिरोधी क्षमता कम भएका (एचआइभी), रोग प्रतिरोधी क्षमता दबाउने औषधि प्रयोग गर्ने व्यक्तिलाई लक्षित गरी एक मात्रा खोप दिनका लागि पनि डब्लुएचओले सिफारिस गरेको

विश्वका केही देशले आफूखुशी निर्णय गरेर बुस्टर डोज लगाउने गरेको पाइएको तर डब्लुएचओले सबै जनसङ्ख्यालाई समेटेर बुस्टर डोज लगाउनका लागि सिफारिस भने गरेको छैन अझै पनि सबै सदस्य राष्ट्रले बढीभन्दा बढी जनसंख्यालाई खोप लगाउनुपर्दछ त्यो सबै जनसङ्ख्यालाई लगाइसकेपछि बल्ल थप मात्र लगाउन पर्दछ भनेको ,’ उनले भने नेपालमा कोभिशिल्ड, एस्ट्राजेनिका, भेरोसेल, जोन्सन एण्ड जोन्सन फाइजर खोप लगाइँदै आइरहेको छ। नेपालमा लक्षित जनसङ्ख्याको ५३.७ प्रतिशतलाई पहिलो मात्रा ४४.५ प्रतिशतलाई पूर्ण मात्राको खोप लगाइएको

सम्बन्धित समाचार