२०८२ चैत्र २२ गते , आईतबार

माघ दोस्रो हप्तादेखि कोरोनाको तेस्रो लहर आउन सक्ने

sajilo news
परिवेश मिडिया
२०७८ पौष १९ गते , सोमबार
माघ दोस्रो हप्तादेखि कोरोनाको तेस्रो लहर आउन सक्ने

काठमाडौं आगामी माघ दोस्रो हप्तादेखि कोभिड १९ को तेस्रो लहर आउन सक्ने भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सतर्क रहन आग्रह गरेको मन्त्रालयले कोभिड१९ को नयाँ ओमिक्रोन भेरियन्ट फैलिन नदिन सतर्कताका लागि अनुरोध गर्दै स्वास्थ्य निर्देशनालय, जिल्ला स्वास्थ्य कार्यालय स्थानीय तहलाई परिपत्र गरेको हो

नेपालमा अहिलेसम्म तीन जनामा मात्र ओमिक्रोन भेरियन्टको संक्रमण पुष्टि भएको तर आगामी माघ दोस्रो हप्तादेखि तेस्रो लहर आउनसक्ने देखिएकाले सतर्कता अपनाउन आग्रह गरेको मन्त्रालय उच्च स्रोतले जनाएको अर्को लहर देखापर्ने पूर्व संकेत देखिसकेकाले माघको दोस्रो सातापछि अर्को लहर आउने प्रक्षेपण गरिएको ,’ मन्त्रालयका एक अधिकारी भन्छन्, ‘मन्त्रालयले यस बिषयमा र्यापिड एक्सन प्लान तयार गरिरहेको

उनका अनुसार तेस्रो लहर आएमा दोस्रो लहर उच्च विन्दुमा पुगेको बेला भन्दा बढी संक्रमित हुन सक्छन् दोस्रो लहरमा एकैदिन हजार सय संक्रमित थपिएका थिए, जसका कारण अस्पतालहरुमा वेड अक्सिजनसमेत अभाव भएको थियो

मन्त्रालयका अधिकारीहरुका अनुसार तेस्रो लहर आउनसक्ने केही पूर्वसंकेत देखिसकेको

पहिलो : बढ्दोएस जीननेगेटिभ

नेपालमा हालसम्म ओमिक्रोनका तीन केसहरु पुष्टि भएको अन्य भेरियन्टभन्दा ओमिक्रोन बढी संक्रामक भएकाले थप सावधानी अपनाउनुपर्ने विज्ञहरू बताउँछन्

कुनै पनि संक्रमितमा भएको भाइरस ओमिक्रोन भेरियन्ट हो कि होइन भन्ने पत्ता लगाउने जिन सिक्वेन्सिङ गर्नुपर्छ त्यसअघि पोजेटिभ आएका नमुनाहरु स्क्रिनिङ गर्ने गरिन्छ, जसमाएस जीननेगेटिभ आएकाहरु मात्र जिन सिक्वेन्सिङ गरिन्छ

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाकी निर्देशक डा. रुना झाका अनुसार देशभरबाट आएका नमुनामा हालएस जीननेगेटिभ संख्या बढिरहेको बताउँछन् पहिला दुई हजार नमुना परीक्षण गर्दा २र३ वटाएस जीननेगेटिभ पुष्टि भएको थियो,’ डा. झाले भनिन्, ‘तर, आजभोलि सो संख्या बढिरहेको

यसअघिएस जीननेगेटिभ आएको तीनवटै नमुनामा ओमिक्रोन भेरियन्ट पुष्टि भएको थियो यद्यपि कति संख्यामाएस जीननेगेटिभ आएको खुलाउन चाहिनन् उनले अघि भनिन्, ‘एस जीननेगेटिभ आउँदा ओमिक्रोन हुनसक्ने सम्भावना बढी हुन्छ त्यसैले कन्ट्याक्ट ट्रेसिङका लागि इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखालाई जानकारी गराउने गरेका छौं

संक्रामक रोग विशेषज्ञ डा. प्रभात अधिकारीका अनुसारएस जीननेगेटिभ केस बढ्नुको अर्थ नेपालमा पनि ओमिक्रोन भेरियन्टको संख्या बढिरहेको भन्ने हुन्छ ओमिक्रोन अन्य भेरियन्टभन्दा / गुणा फैलिने भएकाले अहिले रोकथाम तथा नियन्त्रणका लागि तत्कालै काम गर्नुपर्छ,’ डा. अधिकारी भन्छन्

दोस्रो : सीमा नाकाहरुमा संक्रमित भेटिने क्रम बढ्दो

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार पछिल्लो दिनमा नेपालभारतको प्रवेश विन्दुमा भेटिने संक्रमितको संख्या तुलनात्मक रुपले बढिरहेको

महाशााखाका प्रमुख डा. कृष्ण पौडेलले केही दिनयता प्रवेश विन्दुमा संक्रमितको संख्या बढिरहेको बताए त्यही कारण मन्त्रालयले आइतबार परेको परिपत्रमा पनि सीमा नाकामा परीक्षणलाई तीव्र बनाउन आग्रह गरिएको

अहिले नेपालमा पनि कोरोनाका केसहरु बढ्दै गएको देखिन्छ नेपालभारत प्रवेश बिन्दुमा तुलनात्मक रुपमा संक्रमित संख्या बढिरहेका छन्,’ महाशाखाका प्रमुख डा. पौडेलले भने, ‘यो संक्रमण उकालो लाग्ने वा तेस्रो लहरको पूर्वसंकेत हो

त्यस्तै कोरोना भाइरसको औसतआरभ्यालु.०४ पुगेको आरभ्यालु एकभन्दा बढी भए संक्रमण उकालो लागिरहेको बुझिन्छ विज्ञका अनुसारआर भ्यालुको मतलब संक्रमण दर हो

यसले बताउँछ कि कति जना एक सङ्क्रमित व्यक्तिद्वारा  थप सङ्क्रमित हुन सक्छन् यदि आर फ्याक्टर भन्दा बढी भने यसको मतलब सङ्क्रमण बढ्दै त्यसैगरी आर फ्याक्टर भन्दा कम भएमा महामारी नियन्त्रणभित्र रहेको देखाउँछ

असार पहिलो सातामा आरभ्यालु . सम्म झरेको थियो अहिलेआर भ्यालुविस्तारै बढ्दै गएको देखिन्छ,’ डा. पौडेलले भने , ‘आर भ्यालुएकभन्दा बढी बढ्दै गएमा महामारी नियन्त्रण बाहिर जाँदै भन्ने बुझ्नुपर्छ

तेस्रो : भारतमा ओमिक्रोन फैलँदै

भारतका विभिन्न शहरमा ओमिक्रोन भेरियन्ट फैलिएको भारतीय सञ्चार माध्यमहरुका अनुसार हालसम्म १५०० भन्दा बढी ओमिक्रोनका केसहरु पुष्टि भइसकेका छन्

खुला सीमा भए कारण भारतमा फैलिएको संक्रमणको प्रभाव नेपालमा पनि पर्छ पहिलो दोस्रो लहरमा पनि सीमा नाकाबाट कोरोनाका केसहरु भित्रिएका थिए

भारतका पश्चिम बंगाल, उत्तराखण्डमा तथा दिल्लीमा ओमिक्रोनको संख्या बढिरहेको केही शहरमा सेमि लकडाउनमा गइसकेका छन्,’ महाशाखाका प्रमुख डा. कृष्ण पौडेल भन्छन्, ‘रोजगारमा गएका नेपाली फर्कने क्रम बढ्नसक्छ, जसले गर्दा नेपालमा ओमिक्रोन भित्रिने सम्भावना बढ्छ

यसअघि भारतमा डेल्टा भेरियन्टबाट संक्रमित भेटिएको ४६ दिनपछि नेपालमा पनि देखिएको थियो तर, ओमिक्रोन अन्य भेरियन्टभन्दा तीव्र फैलिने भएकाले केही हप्ताभित्रमै नेपालमा आउनसक्ने जनस्वास्थ्य विज्ञहरु बताउँछन् भारतमा पिक लिएको एकदुई हप्तामा नेपालमा ओमिक्रोनले केही स्वरुप लिनसक्छ,’ संक्रमण रोग विज्ञ डा. अधिकारी भन्छन्, ‘सिमाना विमानस्थलबाट ओमिक्रोन संक्रमित सहजै भित्रने भएकाले संक्रमण रोक्न चुनौती देखिन्छ

दोस्रो लहरमा जब भारतमा संक्रमित बढ्न थाले, नेपालीहरु घर फर्किन थाले विगतका दिनमा सिमानाकामा समयै कडाइ नगर्दा कोरोना सीमा नाका वरपरका गाउँ तथा ठूला शहरमा पुग्यो पछि समुदाय स्तरसम्म पुग्यो

तर, सरकारले अहिले पनि संक्रमण रोक्नका कडाइ गरेको छैन सीमा नाका खुला छन् भारतको उच्च जोखिम क्षेत्रबाट आएका मानिसको परीक्षण हुन सकेको छैन जसले गर्दा सजिलैसँग ओमिक्रोन भेरियन्ट फैलिने निश्चित नै

छिमेकी देश भारतमा संक्रमण बढ्नु नेपालका लागि पनि निकै जोखिमपुर्ण खुला सीमा नाकाका कारण संक्रमितहरु ओहोरदोहोर गर्ने हुँदा संक्रमण फैलिने सम्भावना बढी हुन्छ,’ डा. पौडेल भन्छन्

चोथौ : खोपको पहुँचमा कमजोर

नेपालमा खोपको उपलब्धता भएपछि सरकारले त्यसअनुसार अभियान चलाउन सकेको छैन पुस मसान्तभित्र ६६ प्रतिशत जनसंख्यालाई खोप दिइसक्ने लक्ष्य पूरा नहुने संकेत देखिएको खोप अभियानलाई तीव्रता दिन सके मात्रै ओमिक्रोनको क्षतिलाई न्यूनीकरण गर्न सकिने महामारी विज्ञ डा. केदार बराल बताउँछन्

सरकारले ओमिक्रोनको भेरियन्टको जोखिम बढेसँगै १५ दिनसम्म दैनिक लाखको दरले खोप अभियान चलाउने निर्णय गरेको थियो तर, दैनिक लाखलाई खोप दिने सरकारले सकेको छैन अन्य देशको अध्ययनअनुसन्धानले पनि खोप लगाएका मानिसमा ओमिक्रोनको जोखिम तथा मृत्युदर कमी भएको पाइएको

समयमै खोप दिन सके मृत्युदर घटाउन सकिन्छ सरकारले खोप अभियानलाई अझै चुस्त बनाउनुपर्छ कोरोनाका बारेमा जनचेतना बढाउने देखि खोजीखोजी खोप लगाउने अभियानलाई अगाडि बढाउनुपर्छ,’ डा. बराल भन्छन्

संक्रामक रोग विशेषज्ञ डा. अधिकारी जोखिम वर्गलाई अतिरिक्त खोप तत्काल दिनुपर्ने बताउँछन् ओमिक्रोन आइसकेपछि हामीसँग समय हुँदैन अतिरिक्त खोप लगाएको तीन सातापछि एन्टिबडी बन्नथाल्छ त्यसकारण स्वास्थ्यकर्मी तथा ज्येष्ठ तथा दीर्घरोगीलाई अतिरिक्त खोप दिन थाल्नुपर्छ,’ डा. अधिकारी भन्छन्

सरकारले ओमिक्रोनको व्यवस्थापन तथा रोकथामका लागि अस्पतालहरूको बेड व्यवस्थापन, पूर्वाधार विकास, अक्सिजन तथा औषधिको जोहो लाग्नुपर्ने विज्ञको सुझाव

पाँचौं : जनस्वास्थ्यको मापदण्ड पालना नगर्नु

नेपालमा डेल्टाको जोखिम रहँदारहँदै नागरिकमा विस्तारै कोरोना केही होइन भन्ने मानसिकता बढ्दै गएको भीडभाडमा मास्कको प्रयोग नगर्नु वा सामाजिक दूरी कायम नगर्नुले पनि अर्को लहर फैलिन सहज हुने डा. बराल बताउँछन्

नागरिकहरुले विस्तारै कोरोना केही होइन भन्ने मानसिकता बढ्दो बजारतिर भिडभाड बढ्दो सामाजिक दूरी , मास्कको प्रयोग नै,’ डा. बराल भन्छन्, ‘जनस्वास्थ्यको मापदण्ड प्रयोग नगर्दा कोरोना फैलिने जोखिम बढी हुन्छ

त्यसैगरी अहिले विभिन्न राजनीतिक दलका अघिवेशन, सभाजुलस केही समयदेखि निरन्तर भइरहेको त्यसको असर केही हप्तापछि देखिने विज्ञ बताउँछन्

मन्त्रालयको तयारी यस्तो

अर्को लहर आउने विश्लेषण गरेको मन्त्रालयले सबै निकायलाई सतर्क रहन निर्देशन दिएको मन्त्रालयकी प्रवक्ता डा. संगीता मिश्राले र्यापिड एक्सन प्लान तयारी भइरहेको बताइन्

भारतमा कोरोना फैलिएपछि पहिलो दोस्रो लहरले केही समयमा नेपालमा फैलिएको पाइएको थियो,’ डा. मिश्रा भन्छिन्, ‘अहिले पनि यस्तै हुनसक्छ त्यस कारणले हामीले सबै निकायलाईअलर्टरहन सुझाव दिएका छौं

तेस्रो लहर रोकथाम तथा नियन्त्रणका लागि संक्रमित कति थपिन सक्छन् ? त्यसका लागि आवश्यक कति स्वास्थ्य उपकरण चाहिन्छ ? भन्ने हिसाब मन्त्रालयले गरिरहेको

तेस्रो लहरलाई मध्यनजर गर्दै आइतबार स्वास्थ्य विभागका अधिकारी तथा विज्ञहरुको छलफल गरिएको मन्त्रालयका अधिकारीहरु बताउँछन्  

सम्बन्धित समाचार