२०८२ चैत्र २२ गते , आईतबार

त्रिवि र लोकसेवा आयोगको परीक्षा स्थगित

sajilo news
परिवेश मिडिया
२०७८ माघ ६ गते , विहीबार
त्रिवि र लोकसेवा आयोगको परीक्षा स्थगित

काठमाण्डौ त्रिभुवन विश्वविद्यालयले पूर्वनिर्धारित सबै परीक्षा स्थगित गर्ने निर्णय गरेको   परीक्षा नियन्त्रण कार्यालयले बिहीबार एक सूचना जारी गर्दै माघ गतेदेखि अर्को सूचना प्रकाशित नभएसम्मका लागि सबै परीक्षा स्थगित गर्ने निर्णय गरेको हो   कोरोना संक्रमण बढ्दै जाँदा त्रिविका परीक्षा नरोकिएको भन्दै चौतर्फी रुपमा परिक्षा स्थगित गर्न माग भएको थियो

त्रिविको सूचनामा भनिएको , ‘हाल सञ्चालन भइरहेका अधिकांश परीक्षाहरु सम्पन्न भइसकेका, केही परीक्षा सम्पन्न हुने क्रममा सञ्चालनको पूर्वतयारी अवस्थामा रहेको विश्व्यापी रुपमा फैलिएको ओमिक्रोम भेरियन्टको तीव्र संक्रमणका कारण उपत्यका बाहिरका अधिकांश परीक्षा केन्द्रमा परीक्षासँग सम्बन्धित विद्यार्थी, कर्मचारी एवम् प्राध्यापकसमेत संक्रमित भएका कारण त्रिवि केन्द्रीय परीक्षा सञ्चालन समितिको बैठकबाट हाल सञ्चालित वार्षिक तथा सेमेस्टर प्रणालीका सम्पूर्ण परीक्षाहरु माघ गतेदेखि अर्को सूचना प्रकाशित नभएसम्मका लागि स्थगित गर्ने निर्णय भएको

त्यस्तै, लोकसेवा आयोगले पनि पूर्वनिर्धारित सबै लिखित परीक्षा कार्यक्रम स्थगन गरेको   आयोगले आज सूचना जारी गरी आयोगका कर्मचारीमा कोभिड१९ सङ्क्रमण देखिएकाले यही माघ ११ गतेदेखि माघ मसान्तसम्म सञ्चालन हुनेगरी निर्धारण गरिएका परीक्षा स्थगन भएको जनाएको हो

लिखित परीक्षा बाहेकका पूर्वनिर्धारित कार्य यथावतरुपमा सञ्चालन हुने निर्णय भएको आयोगले सूचनामा जनाएको

 

 

सम्बन्धित समाचार