२०८२ चैत्र २२ गते , आईतबार

रकम अभावले समयमा होल्डिङ सेन्टर निर्माण नसकिएको निर्माण कम्पनीको भनाई

९५ प्रतिशत निर्माण सम्पन्न

sajilo news
पुष्प खड्का
२०७८ माघ १० गते , सोमबार
रकम अभावले समयमा होल्डिङ सेन्टर निर्माण नसकिएको निर्माण कम्पनीको भनाई

बिर्तामोड झापाको मेचीनगरमा निर्माणाधिन होल्डिङ्ग सेन्टरको काम अन्तिम चरणमा पुगेको संरचना निर्माणको हिसाबले ९५ प्रतिशत काम सम्पन्न भएको निर्माण कम्पनीले जनाएको

नेपाली सेनाको व्यवस्थापनमा ललितपुरस्थित हनुमान कन्स्ट्रक्सन कम्पनीले निर्माण गरिरहेको होल्डिङ सेन्टर पुष मसान्तसम्म सक्नुपर्ने भनिएको थियो तर, रकम अभावले समयमा काम सम्पन्न गर्न नसकिएको निर्माण कम्पनीले जनाएको निर्माणको काम ९५ प्रतिशत सकिएको ,’ कम्पनीका साइट मेनेजर जागृत चौरेलले भने,‘बाँकी काम क्यासको काम , हामीलाई समयमा बजेट नआएकाले काम सम्पन्न गर्न नसकिएको हो संरचनाको मुख्य काम सकिएको इलेक्ट्रिक तथा बेड आइटमको व्यवस्थापन भइरहेको उनले बताए उक्त सामाग्री खरिदमा दैनिक नगद चाहिने सरकारले करिब ६५ प्रतिशतमात्र रकम निकाशा गरेको चौरेलको भनाई

हालसम्म निर्माण सम्पन्न भएर १०० जना क्षमताको भवन नेपाली सेनालाई हस्तान्तरण गरेको साइट मेनेजर चौरेलले बताए हाल १०० जना क्षमताको लागि सेन्टर तयार भएको जिल्ला प्रशासन कार्यालयलाई जानकारी गराइएको सेन्टरको व्यवस्थापन हेरिरहेको चारआलीस्थित श्री नयाँ श्रीनाथ गणका प्रमुख सेनानी अमरजंग थापाले बताए एक हप्ताभित्रै थप २०० जनाको लागि समेत पूर्वाधार तयार हुने उनले जानकारी दिए  

मेचीनगर १४ दुवागढीमा विगाह क्षेत्रफलमा हनुमान कन्स्ट्रक्सनले गत असारबाट निर्माण गरिरहेको होल्डिङ्ग सेन्टरमा २२ वटा घर हुने निर्माण कम्पनीका साइट मेनेजर चौरेलले जानकारी दिए प्रत्येक घरसँगै एउटा शौचालय १५ वटा भान्साघर गरी जम्मा ५९ वटा संरचना हुने चौरेलले बताए सेन्टरको लागत भ्याट बाहेक २५ करोड लाख ६३ हजार रहेको उनले चौरेलले जानकारी दिए

झापा भारतसँग सिमाना जोडिएको जिल्ला भएकाले कोरोना संक्रमणको समयमा भारतबाट नेपाल आउने ब्यक्तिहरुको स्क्रीनिङ गरि सम्बन्धित पालिकासम्म सुरक्षित ढंगबाट पुर्याउन होल्डिङ्ग सेन्टरको निर्माण अगाडी बढाइएको हो रोजगारी, अध्ययन, उपचार लगायत विभिन्न कारणले भारत गएका नेपाली नागरिकहरुलाई महामारीको समयमा झापामा काकरभिट्टा नाकाबाट नेपाल प्रबेश गर्न दिइदै आएको यसरी नेपाल आएका मानिसहरुको स्वास्थ्य परिक्षण गरिने, नेगेटिभ रिपोर्ट आएकाहरुलाई सम्बन्धित पालिकाहरुसँगको समन्वयमा सवारीसाधन ब्यवस्थापन गरि गन्तब्यसम्म पठाउने पोजिटिभ देखिएकाहरुलाई छुट्टै आइसोलेसन सेन्टरमा पठाउने काम होल्डिङ्ग सेन्टरबाट हुनेछ

होल्डिङ्ग सेन्टर निर्माण सम्पन्न भएपश्चात त्यसको ब्यवस्थापन नेपाली सेनाले गर्नेछ होल्डिङ्ग सेन्टरका २२ वटा घरहरु मध्ये दुईवटा घरमा मेडिकल टिम रहने बाँकी घरहरुमा सामाजिक भौतिक दुरी कायम गरि मानिसहरु राखिने कर्णेल थापाले बताए

प्रिफ्याब प्रविधिबाट निर्माण भइरहेको प्रत्येक घरको लम्बाई १७७. फिट चौडाइ १९. फिट  हुने निर्माण कम्पनीले जनाएको मेचीनगरको बसपार्क क्षेत्रमा यस अघिनै निर्माण गरिने भनिएको होल्डिङ्ग सेन्टरको लागि क्षेत्रफल अपुग भएकाले नयाँ स्थान पहिचान गरी होल्डिङ्ग सेन्टर निर्माण गरिएको हो

कोरोनाको अघिल्लो लहरमा नेपाली सेनाले आफैँ अस्थायी होल्डिङ्ग सेन्टर निर्माण गरेको थियो हाल निर्माण भइरहेको होल्डिङ्ग सेन्टर भविष्यलाई समेत हुने गरी निर्माण भइरहेको सरकारले भारतसँग सीमा जोडिएका तराईका आठ स्थानमा होल्डिङ्ग सेन्टर निर्माण गरिरहेको  

सम्बन्धित समाचार