२०८२ चैत्र २२ गते , आईतबार

स्टेल्थ ओमिक्रोन : आरटी पीसीआरबाट पत्ता लगाउन मुस्किल

sajilo news
परिवेश मिडिया
२०७८ माघ ११ गते , मंगलबार
स्टेल्थ ओमिक्रोन : आरटी पीसीआरबाट पत्ता लगाउन मुस्किल

काठमाण्डौ कोरोनाभाइरसको नयाँ भेरियन्ट ओमिक्रोन यतिबेला विश्वका अधिकांश देशहरूमा फैलिसकेको अहिले ओमिक्रोनकै नयाँ सब स्ट्रेन बीए.२ ले विश्वका लागि तनाव सिर्जना गरिरहेको ओमिक्रोनकै यस नयाँ भेरियन्टलाई आरटी पीसीआरबाट पनि पत्ता लगाउन नसकिने भएका कारण थप तनाव दिएको हो त्यसैले बीए.२ लाईस्टेल्थ ओमिक्रोन पनि भनिएको

यो नयाँ सब भेरियन्ट भारतसहित विश्वका ४० देशमा फैलिसकेको यो अब विश्वका बाँकी देशहरूमा पनि चाँडै पुग्ने अनुमान गरिएको यसले विश्वमा थप भयावह लहर ल्याउन सक्ने खतरा पैदा गरेको विश्व स्वास्थ्य संगठनले २०२१ नोभेम्बर २६ मा ओमिक्रोन अर्थात् बी.१.१.५२९ लाईभेरियन्ट अफ कन्सर्न घोषणा गरेको थियो

संगठनका अनुसार ओमिक्रोनको बीए.१, बीए.२ बीए.३ गरी तीन सब भेरियन्ट रहेका छन् २३ डिसेम्बर २०२१ सम्म जीन सिक्वेन्सिङमा ओमिक्रोनको ९९ प्रतिशत केसमा बी.१ पाइएको थियो तर पछिल्लो समयमा ओमिक्रोनको दोस्रो सब भेरियन्ट बीए.२ तीव्र रुपमा फैलिरहेको पाइएको बेलायतको हेस्थ सेक्युरिटी एजेन्सीले ओमिक्रोनको सब भेरियन्टलाईभेरियन्ट अन्डर इन्भेस्टिगेसन मा राखेको  

सम्बन्धित समाचार