२०८२ चैत्र २२ गते , आईतबार

माघ मसान्तसम्म बिद्यालय बन्द रहने

sajilo news
परिवेश मिडिया
२०७८ माघ १५ गते , शनिबार
माघ मसान्तसम्म बिद्यालय बन्द रहने

काठमाडौं । कोभिड संकट व्यवस्थापन केन्द्र सीसीएमसीले माघ मसान्तसम्म विद्यालयमा भौतिकरुपमा हुने पठनपाठनमा लगाइएको रोक कायमै राख्न सिफारिस गरेको छ ।

शुक्रवार बसेको सीसीएमसी बैठकले माघ मसान्तसम्म वैकल्पिक शिक्षण सिकाइका शैलीबाट पठनपाठन जारी राख्न समेत शिक्षा मन्त्रालयलाई सिफारिस गरेको छ ।

विश्वविद्यालयका परीक्षालाई चाहिँ स्वास्थ्य मापदण्ड पालना गर्दै संचालन गर्न अनुमति दिन सिफारिस पनि बैठकले गरेको छ । साथै, खोप केन्द्रहरुलाई व्यवस्थित गर्न सरकारलाई आग्रह गर्ने निर्णय पनि भएको प्रवक्ता सुनिता नेपालको भनाई छ ।

सम्बन्धित समाचार