२०८३ जेष्ठ १९ गते , मंगलबार

प्रदेश १ का २८ निर्वाचन क्षेत्रका लागि २२१ जना सिफारिस

sajilo news
परिवेश मिडिया
२०७९ भाद्र २५ गते , शनिबार
प्रदेश १ का २८ निर्वाचन क्षेत्रका लागि २२१ जना सिफारिस

बिर्तामोड आगामी मंसिर गत हुने निर्वाचनका लागि प्रदेश का २८ निर्वाचन क्षेत्रका लागि ठूला तीन दल काँग्रेस, एमाले माओवादीबाट २२१ जना उम्मेद्वार सिफारिसमा परेका छन्

प्राप्त विवरण अनुसार काँग्रेस एमालेले १४ वटै जिल्लाबाट उम्मेदवार सिफारिस गरिसको भने माओवादी केन्द्रको भोजपुर सोलुखुम्बुबाट सिफारिस हुन बाँकी प्रदेश को २८ निर्वाचन क्षेत्रकालागि नेपाली काँग्रेसबाट ९२, एमालेबाट ७४ माओवादी केन्द्रबाट ५५ जना उम्मेदवार सिफारिस भएको हो

सिफारिस भएका उम्मेदवारमध्ये एमालेबाट १३ जना, काँग्रेसबाट १० माओवादी केन्द्रबाट ११ जनाउम्मेदवार सर्वसम्मत रहेका छन् माओवादी केन्द्र प्रदेश का सहसचिव सागर किरातीले सोलुखुम्बुको सिफारिस हुनबाँकी रहेको बताए

सर्वसम्मत सिफारिस हुने एमाले नेताहरुमा पाँचथरबाट बसन्तकुमार नेम्वाङ, इलाम बाट महेश बस्नेत, इलाम बाट सुवासचन्द्र नेम्वाङ, झापा बाट रविन कोइराला, झापा बाट पार्टी अध्यक्ष केपी शर्मा ओली, धनकुटाबाट राजेन्द्रकुमार राई, मोरङ बाट ऋषिकेश पोखरेल, मोरङ बाट भानुभक्त ढकाल, मोरङ बाट विनोद ढकाल, सुनसरी बाट जयकुमार राई, सुनसरी बाट भगवती चौधरी, सुनसरी बाट जगदिश कुशियत सोलुखुम्बुबाट मानवीर राई रहेका छन्

यस्तै नेपाली काँग्रेसबाट सर्वसम्मत हुने उम्मेदवारहरुमा पाँचथरका भिष्मराज आङ्देम्बे, झापा बाट विश्वप्रकाश शर्मा, झापा बाट कृष्णप्रसाद सिटौला, झापा बाट देउमान थेबे, धनकुटाबाट सुनिल थापा, मोरङ बाट सुनिल शर्मा, सुनसरी बाट विजयकुमार गच्छदार, सुनसरी बाट ज्ञानेन्द्रबहादुर कार्की, सोलुखुम्बुबाट आङ्गेलु शेर्पा उदयपुर बाट डाक्टर नारायण खड्का रहेका छन्

यस्तै माओवादी केन्द्रबाट सर्वसम्मत सिफारिसमा पर्नेहरूमा पाँचथरबाट हर्कबहादुर नेम्वाङ (मिक्सो), झापा बाट रामकार्की, झापा बाट झलकसिंह दर्लामी, तेह्रथुमबाट इन्द्रबहादुर इम्सोङ लिम्बू, धनकुटाबाट हेमराज भण्डारी, मोरङ बाट प्रेम मिभक लिम्बू, मोरङ बाट गणेश उप्रेती सुशील, मोरङ बाट अमनलाल मोदी, मोरङ बाट शिवकुमार मण्डल ओखलढुंगाबाट राम कार्की सर्वसम्मत सिफारिस भएका छन्

सम्बन्धित समाचार