२०८३ जेष्ठ १९ गते , मंगलबार

आज विजयादशमी, टीकाको उत्तम साइत ११ बजेर ५१ मिनेटमा

sajilo news
परिवेश मिडिया
२०७९ आश्विन १९ गते , बुधबार
आज विजयादशमी, टीकाको उत्तम साइत ११ बजेर ५१ मिनेटमा

काठमाण्डौं बडा दशैंको मुख्य दिन आज विजयादशमी आज मान्यजनको हातबाट देवीको प्रसादको रुपमा टीका जमरा लगाइँदै

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले टीका लगाउने उत्तम साइत ११ बजेर ५१ मिनेटमा रहेको जनाएको

सामान्य मानिसले साइत खोज्न नपरे पनि राज्य सन्चालकले भने उत्तम साइतकै समयमा टीका लगाउनुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष प्राध्यापक श्रीकृष्ण अधिकारीले जानकारी दिए

राज्य सञ्चालकले सञ्चालकले शुभ साइतमा टीका लगाउँदा प्रभु, मन्त्र उत्साहशक्ति प्राप्त हुने शास्त्रीय वचन रहेकोले साइत दिइएको हो, साइतमै टीका लगाउँदा देवीको शक्ति प्राप्त हुन्छ,’ प्राध्यापक अधिकारीले भने

घटस्थापनाका दिन दशैं घर वा पूजा कोठामा स्थापना गरिएको घडाबाट वैदिक विधिपूर्वक अभिषेक गरी विजयादशमीको टीका लगाइन्छ टीका लगाइमाग्ने पश्चिम लगाइदिने पूर्व फर्कनुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको

आश्विन शुक्ल दशमीका दिनमा मनाइने विजयादशमी पर्व आज हर्षोल्लासका साथ मान्यजनबाट दुर्गा भवानीको प्रसादस्वरूप टीका, जमरा थापेर मनाइन्छ आज नभ्याउनेले कोजाग्रत पूर्णिमाका अवसरमा अखिल बलि पूर्ति नभएसम्म मान्यजनबाट टीका ग्रहण गर्न सक्नेछन्

समितिले घटस्थापना गरी जमरा राखेको स्थानमा आह्वान गरिएका देवीलाई विसर्जनको साइत आज बिहान १० बजेर ३४ मिनेटमा तोकिदिएको विजयादशमीको दिन बिहान नवदुर्गाको फेरि पूजा आराधना गरी जया, विजया, अजिता, अपराजिता गरी चार देवीको पूजा गरेर देवी विसर्जन गरिन्छ

देवी विसर्जनको साइतसम्म पनि कुर्न नसकिने अवस्था भने सूर्योदयपछि देवी विसर्जन गरेर टीका लगाउन सकिने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष अधिकारीले बताए

टीका लगाउँदा कुन दिशामा फर्किएर बस्ने भन्ने कुरालाई ख्याल राख्नुपर्ने हुन्छ टीका लगाइमाग्ने पश्चिम लगाइदिने पूर्व फर्किनु पर्ने वास्तुविद एवम् धर्मशास्त्रका जानकार डा। बासुदेवकृष्ण शास्त्री बताउँछन्

चन्द्रमालाई दाहिने सम्मुख पारेर टीका लगाउनुपर्ने भएकाले टीका लगाइमाग्ने पश्चिम लगाइदिने पूर्व फर्किंदा शुभ हुन्छ,’ उनले भने आज चन्द्रमा मकर राशिमा रहेकाले टीका लगाइमाग्ने मानिस पश्चिम फर्कनुपर्ने उनको भनाइ

सम्बन्धित समाचार