२०८३ जेष्ठ १९ गते , मंगलबार

विश्वप्रकाशलाई जथाभावी गाली नगर्न चन्द्र भण्डारीको चेतावनी

sajilo news
परिवेश मिडिया
२०७९ कार्तिक २९ गते , मंगलबार
विश्वप्रकाशलाई जथाभावी गाली नगर्न चन्द्र भण्डारीको चेतावनी

बिर्तामोड चुनावको समयमा आफ्नो छोरो (भतिज) विश्वप्रकाश शर्मामाथि अनर्गल प्रचार गरिएकोप्रति आफुहरुको ध्यानाकर्षण भएको काका चन्द्र भण्डारीले जनाएका छन् सञ्चारकर्मी तथा स्वतन्त्र वाम विश्लेषक भण्डारीले सामाजिक सञ्जालमार्फत विश्वप्रकाशसँग आफ्नो वैचारिक आस्था विश्वास फरक रहेपनि चुनावको समयमा नानाथरिका अनर्गल प्रचारबाजी भएको भन्दै आपत्ति जनाएका हुन्  

भण्डारीले विचार मिले गधालाई पनि गाई देख्ने नमिले जे पनि बर्बराउनु आचारसंहिता भित्र पर्छ कि पर्दैन ? भनेर प्रश्न समेत गरेका छन्

शर्मालाई पादरी भनेर खुइल्याउन खोजिएको भन्दै भण्डारीले आपत्ति जनाएका छन् उनले शर्माको शालिनता भद्रतालाई कमजोरी नठान्न चेतावनी दिएका छन् विश्वप्रकाशको शैलीबाट सिक्ने बुझ्ने कि उनमाथी तथानाम गर्ने? प्रश्न अहम ,’ उनले लेखेका छन,‘अग्नीजीलाई आग्रह यस्तो हर्कतले निर्वाचन स्वस्थ हुँदैन भेद खोतल्दै जाँदा आन्द्राभुँडी देखिन्छ भन्ने कुरा सम्बन्धित सबैमा हेक्का रहोस

अग्नी खरेललाई क्षेत्र नम्बर मा पाहुना उम्मेदवार भएको भन्ने आलोचनालाई इङ्गित गर्दै भण्डारीले लेखेका छन्–‘झापामा त्यसमाथी हालको क्षेत्र नम्बर मा बालयकालदेखि नै कम्युनिष्ट आन्दोलन प्रजातान्त्रिक आन्दोलन उठाउन केके गरियो बुझ्न चाहनुहुन्छ भने अग्नी जीलाई हार्दिक आमन्त्रण कसैको निष्ठा, आदर्श, त्याग बलिदानलाई होच्याउने दुष्प्रयास कसैले कसैलाई नगर्न भण्डारीले आग्रह गरेका छन् आफु नेपाली कांग्रेस नभएको हुनसमेत नसक्ने तर राजनीतिमा संस्कार संस्कृतिको खडेरी पर्न थाल्दा असल मान्छे जुनसुकै दलमा आबद्ध छन्भने तिनलाई जोगाउनु, उत्साहित तुल्याउनु कर्तव्य हुने भण्डारीले उल्लेख गरेका छन्

विश्वप्रकाश समयले जन्माएको असल मान्छे असल व्यक्तित्व भएको उनको भनाई भण्डारीले स्वस्थ प्रतिष्पर्धाबाट विजयी उपविजयीलाई स्वीकार गर्ने ठूलो छाती भएको उल्लेख गरेका छन्

अस्वस्थ खेल खेल्नेतर्फ ध्यान गएको हो भने एकदिन मात्रपनि आफ्नो जन्म कर्म क्षेत्रमा भोट माग्दै हिड्नुपर्ने अवस्था आए निकै महङ्गो हुने भण्डारीले चेतावनी दिएका छन्

झापा क्षेत्र नम्बर मा गठबन्धन दलको तर्फबाट नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा नेकपा एमालेको तर्फबाट पूर्व महान्यायाधिवक्ता तथा मन्त्री अग्नी खरेल प्रतिनिधिसभा सदस्यको उम्मेदवारको रुपमा चुनावी मैदानमा छन्   

 

सम्बन्धित समाचार