२०८३ जेष्ठ १९ गते , मंगलबार

रुस–युक्रेन युद्धमा इलामका गंगाराजको मृत्यु

sajilo news
परिवेश मिडिया
२०८० मंसीर १४ गते , विहीबार
रुस–युक्रेन युद्धमा इलामका गंगाराजको मृत्यु

बिर्तामोड रुसयुक्रेन युद्धमा परी इलामका युवा गंगाराज मोक्तानको मृत्यु भएको इलाम नगरपालिका वडा नम्बर , सुकिलुम्बा निवासी ३२ बर्षीय गंगाराजको रुसयुक्रेन युद्धमा परि कात्तिक २९ गते मृत्यु भएको हो

रुसको मस्कोस्थित नेपाली दूतावासले गत गते नेपालस्थित कन्सुलर सेवा विभागलाई पत्राचार गरेर नेपालीको मृत्यु भएको जानकारी दिएको थियो त्यसमध्ये एक जना इलामका गंगाराज रहेका छन्

उनीहरूको गत कात्तिक २९ गते भाइटीकाको दिन रुसी सेनामा कार्यरत रहेकै बेला मृत्यु भएको हो तर, सातापछि मात्र घटना सार्वजनिक भएको गंगाराज महिनाअघि मात्रै रुस गएका थिए

नेपाली सेनाको जागिर छाडेर उनी युएई गएका थिए त्यहाँ उनले वर्ष बिताए नेपाली सेनाको जागिरबाट राजीनामा दिएर वैदेशिक रोजगारीका लागि २०७६ साल मंसिर गते दुबई गएका उनी दुबईमा वेटर जागिर छोडेर केही समयअघि मात्रै रुस छिरेका थिए असोज पहिलो साता गंगाराज रुस छिरेको पारिवारिक स्रोतले बताएको दुबईमा राम्रो कमाई नहुने देखेपछि परिवारको उज्जवल भविष्यले तड्पिएका गंगाराज माल्टा जान चाहन्थे तर सहज रुपमा माल्टा जान नपाएपछि उनले रुस छिर्ने योजना बनाए द्वन्दग्रस्त क्षेत्रमा नजान श्रीमती याङ्किला शेर्पाले उनलाई आग्रह गरिन् तर दुबईमा राम्रो कमाई नहुने देखेका गंगाराज रुस गएरै छाडे

गंगारामले हप्तामा एकपटक उतैबाट फोन गर्ने गरेको पारिवारिक स्रोतलाई उद्धृत गर्दै वडाध्यक्ष गोपाल चौहानले जनाए उता लडाइ चलिरहेको यताबाट फोन गर्न नमिल्ने भन्दै उनले उतैबाट श्रीमतीलाई फोन गर्ने गर्दा रहेछन्,’ वडाध्यक्ष चौहानले भने

गंगारामले नागरिकता ताप्लेजुङको साथीलाई दुबईमा छोडेको पाइएको उनले बताए साथी आउँदा ल्याइदिन्छ भनेर उनले भनेका रहेछन्,’ उनले भने, ‘मलाई दायाँबायाँ भयो भने तिम्रो नम्बर दिएको छु तिमीलाई सिधै फोन आउँछ सिधै फोन आएन भने राजदूतावासबाट खबर आउँछ भनेर मारिनुभन्दा अगाडि घरमा श्रीमतीलाई फोन गरेका रहेछन्

वडाध्यक्ष चौहानका अनुसार गंगाराजको मृत्यु भएको खबर तीन दिनअघि कन्सुलर विभागमार्फत जानकारी आएको थियो त्यसपछि मृतकका भाइबहिनीसहित प्रहरीकहाँ पुगेर खोजी गर्दा पुष्टि भएको थियो

गंगाराजको शव नेपाल ल्याउनका लागि वडाले कागजात तयार पारेर पठाएको पनि वडाध्यक्ष चौहानले जानकारी दिए गंगाराजको मृत्युको खबरले यतिबेला गाउँ नै शोकमा डुबेको उनका छोरा वर्षका छन्

रुसमा गंगारामसँगै ज्यान गुमाउनेमा स्याङ्जाको पुतलीबजार नगरपालिका का प्रितम कार्की दोलखाका मेलुङ गाउँपालिका का राजकुमार रोका रहेका छन्

सम्बन्धित समाचार