२०८३ श्रावण १७ गते , आईतबार

लैंगिक हिंसा न्यूनीकरणमा सञ्चारक्षेत्रको भूमिका महत्वपूर्ण

sajilo news
परिवेश मिडिया
२०८० मंसीर १७ गते , आईतबार
लैंगिक हिंसा न्यूनीकरणमा सञ्चारक्षेत्रको भूमिका महत्वपूर्ण

बिर्तामोड लैंगिक हिंसा न्यूनीकरणका लागि सञ्चार क्षेत्रको भूमिका महत्वपूर्ण हुने  बताइएको आज नेपाल पत्रकार महासंघ झापा शाखाले आयोजना गरेकोलैंगिक हिंसा न्यूनीकरणमा सञ्चार क्षेत्रको भूमिका बिषयक अन्तरक्रियाका वक्ताहरुले त्यस्तो बताएका हुन्

अन्तरक्रियाका सहभागीले लैंगिक हिंसा न्यूनीकरणका लागि सञ्चार क्षेत्रको भूमिका महत्वपूर्ण हुने  बताए लैंगिक हिंसा न्यूनीकरणमा सञ्चार क्षेत्र अझ जिम्मेवार बन्नुपर्नेमा समेत उनीहरुले जोड दिएका छन् उनीहरुले यसका लागि सबै सरोकारवालाहरुबीच सहकार्य समेत जरुरी रहेको औल्याए हिंसापीडितलाई न्याय दिन पीडकलाई कानूनी कठघरामा ल्याउन सक्नुपर्नेमा उनीहरुको जोड थियो

अन्तरक्रियाको उद्घाटन प्रमुख अतिथि झापाका प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले गरेका थिए प्रजिअ पोखरेलले हिंसाको मुख्य कारण विभेद भएको बताउँदै मानिसको सोच व्यवहारमा परिवर्तन ल्याउन जरुरी भएको बताए उनले सरोकारवालाहरु एकजुट भई समाजमा सचेतना अभियान अघि बढाउनुपर्ने बताए

झापाको लैंगिक हिंसाको अवस्थाको विश्लेषणात्मक तथ्यांक जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक महेन्द्र पराजुलीले प्रस्तुत गरेका थिए उनले पीडितले सत्य कुरा नबताउँदा, उजुरी फिर्ता लिँदा, उल्टो बयान दिँदा, सहमतिको नाममा प्रमाण नष्ट गराउने प्रबृत्ति, पीडकलाई बचाउन विभिन्न गतिविधि गर्दा पीडितले न्याय पाउन समस्या भएको बताए

पत्रकार महासंघ झापाका पूर्वअध्यक्ष तारामणि सापकोटाले सबैका लागि सञ्चार निष्पक्ष आवाज बन्नुपर्नेमा जोड दिए उनले संविधानले दिएको अधिकार स्थापित गर्न सञ्चार माध्यमले वकालत गर्नुपर्नेमा जोड दिए

महासंघ झापाकी उपाध्यक्ष सुशीला संग्रौलाको अध्यक्षतामा भएको कार्यक्रममा अधिवक्ता रञ्जिता कार्की, महिला अधिकारकर्मी तथा सामाजिक संस्थाका प्रतिनिधिहरु राधा सुब्बा, पार्वता खरेल विमली, यशोदा उप्रेती, संगीता गिरी, युनिता दवाडी, अधिकारकर्मी दिपक दास लगायतले विभिन्न जिज्ञासा सुझाव राखेका थिए

त्यस्तै नेपाल प्रेस युनियन कोशीका उपाध्यक्ष ज्ञानेन्द्र निरौला, महासंघका सहसचिव तथा युनियन झापाका सचिव अर्जुन राजवंशी, नारी सञ्चार गृहकी अध्यक्ष रेजिना रोदन, पूर्वअध्यक्ष अम्बिका भण्डारी, सञ्चारिका समूह झापाकी अध्यक्ष लीला अनमोलले समेत कमजोरी सच्याएर सञ्चार क्षेत्र अझ जिम्मेवार ढंगले अघि बढ्ने हो भने लैंगिक हिंसा न्यूनीकरणमा टेवा पुग्ने बताए

नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरी, कोशी प्रदेश समितिका सदस्य लीलाराज झापाली, नेपाल प्रेस युनियन झापाका अध्यक्ष गिरीराज भट्टराई, समाजवादी प्रेस संगठन झापाका संयोजक अनिलदेव राई, फोनिज झापाका पूर्वअध्यक्ष गणेशमान मुखिया लगायतले समेत सुझाव प्रतिक्रिया राखेका थिए

कार्यक्रमको सञ्चालन महासंघ झापाकी कार्यसमिति सदस्य स्वस्तिका आचार्यले गरेकी थिइन्

लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान अन्तर्गतलैंगिक हिंसा अन्त्यको सुनिश्चितताः महिला बालबालिकामा लगानीको ऐक्यबद्धता भन्ने नाराका साथ पत्रकार महासंघ झापाको महिला विभागले अन्तरक्रिया आयोजना गरेको थियो अन्तरक्रियामा विभिन्न क्षेत्रका सरोकारवाला तथा सञ्चारकर्मीको उल्लेख्य सहभागिता रहेको थियो

सम्बन्धित समाचार