२०८३ जेष्ठ १९ गते , मंगलबार
कनकाई नहरमा डुब्दा बस्नेतको मृत्यु
बिर्तामोड । आज बिहान ९ः३० बजेको समयमा शिबसताक्षी ११ नहर चौकस्थित कन्काई नहरको पानीमा डुबेर वडा नं ९ बस्ने ५७ वर्षीय रामजी बस्नेतको मृत्यु भएको हो ।
नहरमा डुबेर मृत अबस्थामा रहेको भन्ने खबर ईलाका प्रहरी कार्यालय झिलझिलेमा प्राप्त हुनासाथ प्रहरी टोली खटिगई कानुनी प्रकृया पूरा गरी शवलाई पोस्टमार्टमको लागि दमक अस्पताल पठाएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । परिवारका अनुसार बस्नेत हिजो बिहानदेखि घर आएका थिएनन् ।