२०८३ जेष्ठ २० गते , बुधबार

प्रेस सेन्टरका केन्द्रीय सचिवालय सदस्य राई पुरस्कृत

sajilo news
परिवेश मिडिया
२०८१ बैशाख १० गते , सोमबार
प्रेस सेन्टरका केन्द्रीय सचिवालय सदस्य राई पुरस्कृत

बिर्तामोड प्रेस सेन्टर नेपालका केन्द्रीय सचिवालय सदस्य दिपीन राई पुरस्कृत भएका छन् राईलाई नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)ले फोनिज युके पत्रकारिता सम्मान तथा पुरस्कार प्रदान गरेको हो

नेपाल पत्रकार महासंघको स्थापना दिवस महासंघका संस्थापक सत्यनारायण बहादुर श्रेष्ठको योगदानको सन्दर्भमा आइतबार काठमाण्डौमा आयोजित कार्यक्रममा राईलाई उक्त पुुरस्कार प्रदान गरिएको हो

पत्रकार राईसँगै चितवनकी पत्रकार संगीता चेपाङलाई उक्त पुरस्कारबाट पुरस्कृत भएकी छन् महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले दुबै पत्रकारलाई उक्त पुरस्कार प्रदान गरिन् पुरस्कारको राशी जनही २५ हजार रुपैँया रहेको

कार्यक्रमकी प्रमुख अतिथी मन्त्री चौधरीले सत्य तथ्यका आधारमा पत्रकार महासंघको संस्थापक अध्यक्षको विवाद निरुपण हुनुपर्ने बताइन्

कार्यक्रममा फोनिजका अध्यक्ष गजुरधन राईले पत्रकारहरुलाई संगठित गरेर पहिलोपटक पत्रकार संघ गठन गर्ने व्यक्ति सत्यनारायण बहादुर श्रेष्ठ नै भएको इतिहासको तथ्य रहेको बताए पत्रकार महासंघले संस्थापक अध्यक्षको विवाद निरुपण गर्दै वैशाख गते स्थापना दिवस मनाउनुपर्ने उनको सुझाव थियो

कार्यक्रममा फोनिज युकेकी निवर्तमान अध्यक्ष गोमा रानामगरको  समेत उपस्थिति रहेको थियो

सम्बन्धित समाचार