२०८३ जेष्ठ १९ गते , मंगलबार

माओवादी केन्द्र र विप्लव नेतृत्वको नेकपालाई ओलीले दिए धन्यवाद

sajilo news
परिवेश मिडिया
२०८१ बैशाख १८ गते , मंगलबार
माओवादी केन्द्र र विप्लव नेतृत्वको नेकपालाई ओलीले दिए धन्यवाद

बिर्तामोड नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्र नेत्रविक्रम चन्दले नेतृत्व गरेको नेकपालाई धन्यवाद दिएका छन्

मंगलबार विजय सभालाई सम्बोधन गर्दै नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्बाङलाई जिताउन सहयोग गरेको भन्दै ओलीले धन्यवाद दिएका हुन् उनले भने, ‘इलामका सचेत जनतालाई धन्यवाद कतिपय एमाले छोडेर एमाले हराउन लागेका थिए हामीलाई तपाईंहरूले साथ दिनुभयो माओवादी विप्लवको पार्टीको साथको लागि धन्यवाद सबै पार्टीका नेता कार्यकर्तालाई धन्यवाद

अध्यक्ष ओलीले कोशी साझा नाम भएको बताएका छन् उनले कोशी सबैको साझा नाम भएकाले कोही पनि भुलभुलैयामा नपर्न आग्रह गरेका हुन् ओलीले कोशी प्रदेशको नामका विषयमा भएको आन्दोलन विवाद आवश्यक नभएको बताए उनले भने, ‘हामी सबै नेपाली हो पहिले पनि मेची, कोशी, बागमती लगायत अञ्चल थिए यसरी साझा नाम राख्दा कसैलाई हेपेको हुँदैन कसैको पहिचान मेटेको हुँदैन तपाईंहरू भुलभुलैयामा नपर्नुस्

नेम्बाङले १५ गते सम्पन्न इलाम क्षेत्र नम्बर को उपनिर्वाचनमा विजय हासिल गरेका छन् उनलाई नेकपा माओवादी केन्द्र नेत्रविक्रम चन्द विप्लवले नेतृत्व गरेको नेपाल कम्युनिष्ट पार्टीले समर्थन गरेको थियो

सम्बन्धित समाचार