२०८२ चैत्र २२ गते , आईतबार

योगेश भट्टराई हतियार तस्करीमा संलग्न भएको भन्दै छानबिनको माग

sajilo news
परिवेश मिडिया
२०८१ भाद्र १३ गते , विहीबार
योगेश भट्टराई हतियार तस्करीमा संलग्न भएको भन्दै छानबिनको माग

काठमाण्डौ प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रका सांसदहरूले एमाले सांसद योगेश भट्टराईलाई जनयुद्धको समयमा हतियार ओसारपसार गर्ने कार्यमा संलग्न भएको भन्दै छानबिनको माग गरेका छन्

बिहीबारको प्रतिनिधिसभाको शून्य समयमा बोल्दै सांसद छिरिङ डम्डु लामा भोटेले एमाले सांसद भट्टराईलाई जनयुद्धको नाममा चन्दा हतियार तस्कर ले जनयुद्धलाई हिंसाको संज्ञा दिएको बताए

जनयुद्धको नाममा चन्दा असुलेर हतियार तस्कर गर्ने नाइकेले महान् जनयुद्धलाई हिंसा भन्नु गैरजिम्मेवारी हो‚’ उनले भने

यस्तै अर्का सांसद छिरिङलामू लामा तामाङले सांसद भट्टराई हतियार तस्करीमा संलग्न भएको आरोप नि भन्दै छानबिन गर्न माग गरिन्

एमालेबाट प्रतिनिधित्व गरेर संसद्को मान पनि नराखी पटक-पटक यो व्यवस्था निर्माण गर्न जनयुद्ध लडेको माओवादीलाई अपमान गरियो यस्तो रवैयाले देशलाई अर्को द्वन्द्धमा लाने भित्री मनसाय प्रकट भएको हो कि‚’ उनले भनिन्‚‘विषयमा कन्ट्रोभर्सी उहाँ मन्त्री हुँदा नारायणहिटीको बतास काण्ड होस् वा केही समयअघि एक जना माननीयज्यूले जनयुद्धमा हतियार खरिद बिक्री ओसारपसारको आरोप लगाएको कुरा होस् यसमा छानबिन होस्

एमाले सांसद भट्टराईले बुधबारको प्रतिनिधिसभा बैठकमा माओवादी युद्धलाई हिंसाको संज्ञा दिएका थिए उनले पटक पटक हिंसा शब्द प्रयोग गरेपछि संसद् बैठक सञ्चालनमा समस्या भएको थियो एमाले माओवादी सांसदहरू वाकयुद्धमा उत्रिएका थिए साथै हिंसा शब्द गैरसंसदीय भएको भन्दै रेकर्डबाट हटाउने माग माओवादीले गरेको थियो

सम्बन्धित समाचार