२०८२ चैत्र २२ गते , आईतबार
पाथीभरामा वैशाखमा करिब ६१ लाख भेटी संकलन
बिर्तामोड । ताप्लेजुङस्थित प्रशिद्ध धार्मिक स्थल पाथिभरा मन्दिरमा ६० लाख ९० हजार ८१५ रुपैँया भेटी संकलन भएको छ । वैशाख महिनाको अवधिमा उक्त भेटी संकलन भएको हो ।
वैशाख महिनामा पाथीभरा दर्शन गर्ने ३८,१७० जना दर्शनार्थीबाट उक्त भेटी संकलन भएको पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्राजिन हाङबाङले जानकारी दिए । हाङबाङका अनुसार उक्त रकम समितिले नेपाल बैंकको खातामा जम्मा गरेको छ ।
गत बर्ष वैशाखमा ५१,८०४ जना दर्शनार्थीबाट ६९ लाख ३२ हजार ४ सय रुपैँया भेटी संकलन भएको थियो ।