अन्तर सरकारी वित्तीय हस्तान्तरणको रकम सबैभन्दा बढी मेचीनगर र कम हल्दिबारीलाई
बिर्तामोड । आगामी आर्थिक बर्ष २०८२/८३ का लागि सरकारले अन्तर सरकारी वित्तीय हस्तान्तरण अन्तर्गत रकम छुट्याएको छ । झापाका ८ नगरपालिकालाई ५ अर्ब २१ करोड ९७ लाख र ७ गाउँपालिकालाई २ अर्ब ६४ करोड ४४ लाख रुपैँया गरी ७ अर्ब ८६ करोड ४१ लाख रुपैँया छुट्याइएको हो ।
यसरी अन्तर सरकारी वित्तीय हस्तान्तरणको रकममध्ये सबैभन्दा बढी मेचीनगर नगरपालिकालाई छुट्याइएको छ । सो पालिकालाई १ अर्ब १० करोड ७१ लाख रुपैँया छुट्याइएको छ भने सबैभन्दा कम हल्दिबारीलाई ३२ करोड ७४ लाख रुपैँया छुट्याइएको छ ।
नगरपालिकाहरुमध्ये बिर्तामोड नगरपालिकाले दोस्रो बढी रकम प्राप्त गर्नेछ । बिर्तामोडको लागि ७६ करोड ३ लाख छुट्याइएको छ । त्यस्तै दमकलाई ७२ करोड ८४ लाख, शिवसताक्षीलाई ६२ करोड २५ लाख, अर्जुनधारालाई ५३ करोड ९७ लाख, गौरादहलाई ५३ करोड ७३ लाख, भद्रपुरलाई ५१ करोड १० लाख र कनकाई नगरपालिकालाई ४१ करोड ३४ लाख छुट्याइएको छ ।
त्यस्तै गाउँपालिकाहरु मध्ये सबैभन्दा बढी रकम कमल गाउँपालिकालाई छुट्याइएको छ । कमललाई ४८ करोड ४१ लाख, कचनकवलवाई ४१ करोड ६० लाख, बुद्धशान्तिलाई ३९ करोड ८१ लाख, झापालाई ३५ करोड ६ लाख, गौरीगञ्जलाई ३३ करोड ८६ लाख र बाह्रदशीलाई ३२ करोड ९६ लाख रुपैँया छुट्याइएको छ ।
सरकारले स्थानीय तहका लागि छुट्याएको ३ खर्ब २० अर्ब २६ करोड ४६ लाख रुपैँया मध्ये २.४५ प्रतिशत झापाका पालिकाले प्राप्त गरेका हुन् ।