अखिल क्रान्तिकारीद्वारा विराट पोखरमा वृक्षारोपण
बिर्तामोड । अनेरास्ववियु (क्रान्तिकारी)ले झापाको बिर्तामोडस्थित ऐतिहासिक तथा पर्यटकीय स्थल विराटपोखरमा वृक्षारोपण गरेको छ । अखिल (क्रान्तिकारी)को अगुवाईमा विश्व वातावण दिवसको अवसरमा पोखरी परिसरमा आज फुलको बिरुवा रोपिएको हो ।
अखिल (क्रान्तिकारी) बिर्तामोड नगर समितिको आयोजनामा वृक्षारोपण गरिएको अखिल (क्रान्तिकारी) १ नम्बर प्रदेश उपाध्यक्ष रोशन खड्काले जानकारी दिए । पोखरीको सुन्दरता बढाउँदै पर्यटन प्रवर्धन गर्न विभिन्न प्रजातिका फुलको बिरुवा रोपिएको नेकपा माओवादी केन्द्र बिर्तामोड नगर उपाध्यक्ष रञ्जन धमलाले बताए ।
कार्यक्रममा नेकपा माओवादी केन्द्रका जिल्ला संयोजक राजु आचार्य (अग्नी), नगर अध्यक्ष मोहन सुब्बा, सचिव जगन्नाथ भट्टराई, फ्याक्स इन्चार्ज दधिराम रिमाल, अखिल (क्रान्तिकारी) बिर्तामोड संयोजक जानकी भट्टराईलगायत विद्यार्थीहरूको उपस्थिति थियो ।