२०८२ चैत्र २२ गते , आईतबार

मिलनसार साकोसद्वारा १० जना सम्मानित

sajilo news
परिवेश मिडिया
२०८२ कार्तिक २२ गते , शनिबार
मिलनसार साकोसद्वारा १० जना सम्मानित

बिर्तामोड मिलनसार बचत तथा ऋण सहकारी संस्था लि.ले १० जना व्यक्तिलाई सम्मान गरेको शनिबार सम्पन्न साकोसको १६औँ बार्षिकोत्सवको अवसरमा उनीहरुलाई सम्मान गरेको हो

अर्जुनधारा स्थित सीके चिन्तन प्रतिष्ठानको सभाहलमा सम्पन्न साधारण सभामा उत्कृष्ट बचतकर्ताको रुपमा सबिता रिजाल, देविमाया लिम्बु कोमलदेवि रजक सम्मानित भएका छन् त्यस्तै असल ऋणिको रुपमा रिता लिम्बु, कमल विक्रम श्रेष्ठ सोमुलाल राजवंशीलाई सम्मान गरिएको थियो भने भावना खतिवडा उत्कृष्ट कर्मचारीको रुपमा सम्मानित भइन् शेयर सदस्यका छोराछोरीहरु मध्ये गत एसईईमा उत्कृष्ट नतिजा ल्याउने मध्ये युनिस बास्कोटा रिया खतिवडालाई सम्मान गरिएको थियो सम्मानित सबैलाई नगद दुई हजारसहित सम्मान पत्र प्रदान गरिएको थियो

कार्यक्रममा विभिन्न कारण सहकारीहरुको अवस्था खस्कँदै गएको भएपनि मिलनसार साकोसको अवस्था अब्बल रहेको अध्यक्ष लक्ष्मीप्रसाद बास्कोटाले प्रतिवेदन प्रस्तुत गर्दै जानकारी दिए साकोसले गत आवमा २९ लाख ९७ हजार ९०४ रुपैँया खुद नाफा कमाएको, जगेडा कोष वृद्धि गरी ६५ लाख हजार ९८४ रुपैँया पुर्याएको, बाह्य ऋण शुन्यमा झारेको उनले जानकारी दिए

गत आवमा जना सदस्यलाई उपचार खर्चबाट ४० हजार जना शेयर सदस्यको परिवारको मृत्यु हुँदा सरय बापत ३१ हजार प्रदान गरिएको अध्यक्ष बास्कोटाले जानकारी दिए संस्थाले विभिन्न किसिमका दैनिक तथा आवधिक गरी १९ किसिमका खाता सञ्चालन गरेको अधिकतम ११ प्रतिशतसम्म व्याज सदस्यलाई प्रदान गर्दै आएको उनले बताए

साधारण सभाले संस्थाले आर्जन गरेको आम्दानीबाट १० प्रतिशत शेयर लाभांश दिने प्रस्ताव पारित गरेको

संस्थामा २७५० जना शेयर सदस्य करोड २० लाख हजार आठ सय रुपैँया शेयर रकम रहेको

संस्थाका अध्यक्ष लक्ष्मीप्रसाद बास्कोटाको अध्यक्षतामा सम्पन्न साधारण सभा सचिव कैलाश पोखरेलले सञ्चालन गरेका थिए प्रमुख अतिथी संस्थाका ज्येष्ठ सदस्य अविचन्द्र पोखरेल रहेको कार्यक्रममा सहभागीहरुलाई उपाध्यक्ष अजय देवले स्वागत गरेका थिए   

सम्बन्धित समाचार