२०८२ चैत्र २२ गते , आईतबार

गोर्खा फाउण्डेशनद्वारा आँखा शिविर सम्पन्न

sajilo news
परिवेश मिडिया
२०८२ मंसीर २३ गते , मंगलबार
गोर्खा फाउण्डेशनद्वारा आँखा शिविर  सम्पन्न

विर्तामोड । गोर्खा फाउण्डेशनले एक दिने आँखा शिविर  सम्पन्न गरेको छ । मेची आँखा अस्पताल बिर्तामोड-३ को प्राबिधिक सहयोगमा शिविर सम्पन्न भएको हो ।
विर्तामोड नगरपालिका वडा नम्बर ६ स्थित स्यालडाँगीमा आयोजित उक्त शिविरमा १ सय ८५ आँखाका विरामीहरुले सेवा लिएका थिए । उनीहरू मध्ये ९ जना विरामीको मोतिया बिन्दू तथा बिभिन्न समस्याको शल्यक्रियाको लागि मेची आँखा अस्पताल लगिएको जनाईएकोछ । निम्न वर्गीय परिवार लक्षित कार्यक्रम अन्तर्गत आयोजित शिविरमा देखिएका सबै विरामीको आँखाको नि:शुल्क शल्यक्रिया गरिने बताईएकोछ । शिविरमा स्थानीय तथा क्याम्पसका  विद्यार्थीले सेवा लिएका थिए। 
सेवाग्राहीको अवस्था अनुसार नि:शुल्क औषधी र चस्मा वापत दुई सय रुपैया लिएको थियो ।
ईन्द्रचन्द्र क्याम्पस परिसरमा सम्पन्न शिविरमा अस्पतालका नेत्र अधिकृत होम धितालको नेतृत्वमा ५ जनाको प्राबिधिक समुहले सेवा उपलब्ध गराएका थिए ।
फाउण्डेशनका अध्यक्ष वीरु दर्नालको नेतृत्वमा कार्यक्रम सम्पन्नमा वडा नम्बर ६ र ५ का वडाध्यक्ष सूर्यप्रसाद कन्दङ्बा र रोहितकुमार प्रसाई , वडा सदस्य जिवन बाँस्कोटालगायतको उपस्थिति रहेको थियो । 

सम्बन्धित समाचार