२०८२ चैत्र २२ गते , आईतबार

एनपीएल दोश्रो संस्करणको उपाधी लुम्बिनी लायन्सलाई

sajilo news
परिवेश मिडिया
२०८२ मंसीर २७ गते , शनिबार
एनपीएल दोश्रो संस्करणको उपाधी लुम्बिनी लायन्सलाई

बिर्तामोड । कीर्तिपुरको टियु अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा सम्पन्न नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सले हात पारेको छ। शनिबार साँझ सम्पन्न फाइनल खेलमा लुम्बिनी लायन्सले साविक उपविजेता सुदूरपश्चिम रोयल्सलाई पराजित गरेको हो।
लुम्बिनी एनपीएलको नयाँ च्याम्पियन बन्दा सुदूरपश्चिम रोयल्स लगातार दोस्रो पटक उपविजेतामै समेटिएको छ । कप्तान रोहित पौडेल, शेर मल्ल र रुबेन ट्रमपलम्यान बलिङमा चम्किएपछि लुम्बिनीले सुदूरपश्चिमलाई ८५ रनमा अलआउट गरेको थियो ।
फाइनलमा सुदूरपश्चिमले दिएको ८६ रनको सामान्य लक्ष्य लुम्बिनीले ९ ओभरमै  ४ विकेट गुमाएर पूरा गर्दै च्याम्पियन बनेको हो ।
लुम्बिनीले च्याम्पियन बन्ने क्रममा पछिल्लो ६ खेलमा लगातार जित हात पारेको छ । पहिलो खेलमा चितवन राइनोजलाई पराजित गरेपछि लगातार तीन खेलमा पराजित हुँदा कुनै समयमा लिग चरणबाटै बाहिरिने खतरामा पुगेको लुम्बिनीले त्यसपछि सानदार पुनरागमन गर्दै एनपीएलकै उपाधि जितेको हो ।
लुम्बिनीका ओपनार दिनेश अधिकारीले सुदूरका कप्तान दीपेन्द्र सिंह ऐरीलाई पहिलो ओभरमै ४ छक्का प्रहार गरेपछि लुम्बिनीले २७ रन जोडेको थियो ।
दिनेशले विष्फोटक ब्याटिङ गर्दै १३ बलमा १ चौका र ५ छक्का प्रहार गर्दै ४२ रन बनाए ।
पहिलो विकेटका लागि दिनेशले डार्शी सर्टसँग ४ ओभरमै ५८ रनको साझेदारी गरेका थिए । तर हेमन्त धामीले पाँचौ ओभरमा सर्ट र दिनेश दुवैलाई आउट गर्दै साझेदारी तोडेका थिए । सर्ट १४ बलमा १३ रन बनाएर पाँचौ ओभरको पहिलो बलमा बोल्ड भए । यस्तै हेमन्तले दिनेशलाई सोही ओभरको तेस्रो बलमा स्कट कुगेलेइनबाट क्याचआउट गराए ।

सम्बन्धित समाचार