डा. श्रेष्ठले शुरु गरे ‘डिन्स ब्रेन एण्ड स्पाइन क्लिनिक’
बिर्तामोड । न्युरो सर्जन डा. दिग्गज श्रेष्ठले ‘डिन्स ब्रेन एण्ड स्पाइन क्लिनिक’ सञ्चालनमा ल्याएका छन् । सोमबारबाट उनले सो क्लिनिक सञ्चालनमा ल्याएका हुन् ।
दिमाग, नशा तथा मेरुदण्डसम्बन्धि समस्याका विरामीहरुलाई सेवा दिने उद्धेश्यले क्लिनिक सञ्चालनमा ल्याएको बताइएको छ । ‘दिउँसो अस्पतालमा डाक्टर भेट्न मुस्किल हुने वा डाक्टर भेट्न दिउँसो समय नहुने बिरामीहरुलाई लक्षित गरी क्लिनिक सञ्चालनमा ल्याएका हौँ,’ डा. श्रेष्ठले भने । बिर्तामोडको अतिथि सदन उत्तर पश्चिममा रहेको क्लिनिक साँझ ५ बजेदेखि ९ बजेसम्म सञ्चालन हुनेछ ।
डाक्टर भेट्न जाने बिरामी र बिरामीका आफन्तहरुका लागि आफैँले बनाएर चिया, कफि तथा कुकिज खान मिल्ने सुविधासम्पन्न बिरामी प्रतिक्षालयको व्यवस्था गरिएको छ ।
बिरामीहरुको रगत जाँच गर्नु परे क्लिनिकमा नै रगत संकलन तथा क्लिनिकमा नै औषधी ल्याईदिने व्यवस्थासमेत मिलाइएको छ ।