२०८२ चैत्र २२ गते , आईतबार
झापा ट्राफिकले उठायो १ करोड राजश्व
बिर्तामोड । जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले १ करोड ६ लाख ६० हजार ५३५ रुपैँया राजश्व संकलन गरेको छ । ट्राफिक प्रहरीले चालु आवको पुष मसान्तसम्मको अवधिमा उक्त राजश्व संकलन गरेको हो ।
ट्राफिक प्रहरीले ११०५८ वटा सवारी साधनलाई गरेको कारबाहीबाट सो रकम संकलन गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी निरीक्षक सन्तोष राईले जानकारी दिए ।
सो अवधिमा भएको सवारी दुर्घटनामा परि २९ जनाले ज्यान गुमाएका छन् ।