२०८२ चैत्र २२ गते , आईतबार

मछिन्द्रले उचाल्यो झापा गोल्ड कपको उपाधि

sajilo news
परिवेश मिडिया
२०८२ फाल्गुन ४ गते , सोमबार
मछिन्द्रले उचाल्यो झापा गोल्ड कपको उपाधि

बिर्तामोड । सातौँ झापा एक्सट्रिम गोल्डकपको उपाधि मचिन्द्र फुटबल क्लबले उचालेको छ । झापाको बिर्तामोडस्थित डोमालाल राजवंशी रङ्गशालामा आज सम्पन्न फाइनल खेलमा विभागीय टिम एपीएफ लाई पराजित गर्दै मछिन्द्रले उपाधि जितेको हो ।
मछिन्द्रले ३-१ को फराकिलो जित अन्तरले एपीएफलाई पराजित गरेको छ । उपाधि जितेसँगै मछिन्द्रले नगद १५ लाख र ट्रफी प्राप्त गरेको छ।
खेलको ३०औँ मिनेटमा मछिन्द्रको तर्फबाट पहिलो गोल भएको थियो । त्यस्तै खेलको ४५औँ मिनेटमा मछिन्द्रले थप अर्को गोल गरेको थियो ।
दबाबमा रहेको एपीएफले खेलको ८१औँ मिनेटमा पहिलो गोल गरेको थियो । लगत्तै ८३ औँ मिनेटमा मछिन्द्रले थप एक गोल गर्दै आफ्नो टिमलाई ३-१ को गोल अन्तरमा पुर्‍याउन सफल भएको थियो ।
दोस्रो हाफको मध्यतिर एक जना खेलाडीले रातो कार्ड पाएर मैदान बाहिरिएसँगै दबाबमा रहेको एपीएफले अन्तत दोस्रो स्थानमा चित्त बुझाउदै साढे सात लाख नगद पुरस्कार प्राप्त गर्यो ।
चार पटकको साविक विजेता त्रिभुवन आर्मी फुटबल क्लबलाई पराजित गर्दै मछिन्द्रले फाइनलमा स्थान सुरक्षित गरेको थियो भने आयोजक झापा ११ लाई पराजित गर्दै एपीएफ फाइनल प्रवेश गरेको थियो। 

सम्बन्धित समाचार