२०८२ चैत्र २१ गते , शनिबार

राष्ट्रिय सहकारी दिवसमा सम्पादक खड्का पुरस्कृत

sajilo news
परिवेश मिडिया
२०८२ चैत्र २० गते , शुक्रबार
राष्ट्रिय सहकारी दिवसमा सम्पादक खड्का पुरस्कृत

बिर्तामोड ६९औँ राष्ट्रिय सहकारी दिवसको अवसरमा परिवेश मिडियाका प्रधान सम्पादक पुष्प खड्का पुरस्कृत भएका छन् । झापा जिल्ला सहकारी संघ लिमिटेडले खड्कालाई उत्कृष्ट सञ्चारकर्मीको रुपमा पुरस्कृत गरेको हो

बिर्तामोडस्थित सिटी सेन्टरमा आयोजित कार्यक्रममा सम्पादक खड्कालाई नगद १० हजार ५५५ सहित सम्मान गरिएको थियो कार्यक्रमका प्रमुख अतिथी कोशी प्रदेश सभाका सभामुख अम्बरबहादुर विष्ट तथा कार्यक्रमका अध्यक्ष जिल्ला सहकारी संघ लिमिटेड झापाका अध्यक्ष प्रेमकुमार सापकोटालगायतले नगद तथा सम्मान पत्र प्रदान गरेका थिए

कार्यक्रममा सम्पादक खड्कासहित विभिन्न सहकारी संस्था तथा व्यक्तिलाईसमेत पुरस्कृत गरिएको थियो उत्कृष्ट बचत तथा ऋण सहकारीको रुपमा दमकस्थित डाँफे साकोस, उत्कृष्ट कृषि सहकारीतर्फ कमल गाउँपालिकास्थित लखनपुर सानाकिसान, बहुउद्धेश्यीयतर्फ गौरादह नगरपालिकास्थित जुरोपानी बहुउद्धेश्यीय सहकारी संस्था, उत्कृष्ट बचत कारोबार गर्ने मध्ये बिर्तामोडस्थित गौरवशाली साकोस, उत्कृष्ट कर्जा कारोबार गर्नेमध्ये अर्जुनधारास्थित ऋद्धिसिद्धि महिला कृषि सहकारी संस्थालाई नगद १० हजार ५५५ सहित पुरस्कृत गरिएको थियो

त्यस्तै उत्कृष्ट महिला व्यवस्थापकतर्फ एकता बहुउद्धेश्यीय सहकारी संस्था लिमिटेड हल्दिबारीकी उमा राई मेची मासु उत्पादक सहकारी संस्था मेचीनगरकी अनिता गुरागाईँ, पुरुषतर्फ मेचीनगरस्थित तारापुञ्ज साकोसका मोहन अधिकारी भद्रपुरस्थित सूर्योदय साकोसका माउण्टेन गुरुङ्गलाई नगद हजार ५५५ सहित पुरस्कृत गरिएको थियो

कार्यक्रममा उत्प्रेरक सौनक भट्टले सहभागीहरुलाई विभिन्न मनोरञ्जनात्मक कार्यक्रमका साथ सहकारी संस्थाहरुलाई हिम्मत प्रेरणाका साथ एक कदम अगाडी बढाउन प्रेरित गरेका थिए

कार्यक्रमका प्रमुख अतिथी कोशी प्रदेश सभाका सभामुख अम्बरबहादुर विष्टले विगतका सरकारहरुले सहकारीहरुलाई हेर्ने नजर धेरै सकारात्मक नभएको भन्दै वर्तमान सरकारको सहकारी नीति हेर्न बाँकी रहेको बताए

कार्यक्रममा केन्द्रिय चिया उत्पादक सहकारी संस्थाका अध्यक्ष हर्क तामाङ, राष्ट्रिय सहकारी बैंकका लेखा समिति संयोजक लक्ष्मी उप्रेती, जिल्ला बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष युवराज गिरीलगायतको उपस्थिती रहेको थियो

संघका सचिव भवानीप्रसाद दंगालले सञ्चालन गरेको कार्यक्रममा सहभागीहरुलाई वरिष्ठ उपाध्यक्ष दुर्गाप्रसाद सापकोटाले स्वागत गरेका थिए

सम्बन्धित समाचार