२०८३ जेष्ठ १८ गते , सोमबार

दमकमा बोराभित्र भेटिएको शवको पहिचान खुल्यो

sajilo news
परिवेश मिडिया
२०८३ जेष्ठ १७ गते , आईतबार
दमकमा बोराभित्र भेटिएको शवको पहिचान खुल्यो

बिर्तामोड । झापाको दमकमा शनिबार बोराभित्र फेला परेको शवको पहिचान खुलेको छ । हत्या गरेर फालिएको सो शव दमक वडा नम्बर ८ बसन्त टोल बस्ने नारायण तिवारीको छोरी वर्ष २१ की रोमा भन्ने रमा तिवारीको रहेको पुष्टि भएको हो ।
रमा जेठ १३ गते राति अन्दाजी ९:३० बजे आफूखुसी घरबाट हिँडेको आफन्तलाई उधृत गर्दै प्रहरीले जनाएको छ ।
रमाको शव शनिबार बिहान अन्दाजी ११ बजे दमक १० सेटुमारी स्थित रतुवा खोलाको पुलमुनि बोराभित्र हालेर फ्याँकिएको अवस्थामा फेला परेको थियो । घाँटीमा पाइपाले बाँधेर हत्या गरेजस्तो अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ । 

सम्बन्धित समाचार