२०८३ जेष्ठ २१ गते , विहीबार

एसीसी महिला प्रिमियर कप क्रिकेटमा नेपाल र भुटान भिड्दै

sajilo news
परिवेश मिडिया
२०८३ जेष्ठ २१ गते , विहीबार
एसीसी महिला प्रिमियर कप क्रिकेटमा नेपाल र भुटान भिड्दै

झापा । मलेसियामा जारी एसीसी महिला प्रिमियर कप क्रिकेटमा नेपाल आज भुटानसँग खेल्दैछ । समूह ‘डी’ मा रहेको नेपाल र भुटानबीचको खेल नेपाली समयअनुसार आज बिहान सवा ७ बजे शुरु हुनेछ ।
हिजोको पहिलो खेलमा कतारलाई ८ विकेटले हराउँदै नेपालले सुखद शुरुवात गरेको थियो । महिला टी–२० एसिया कपको छनोट प्रतियोगितासमेत रहेको एसीसी महिला प्रिमियर कपमा कुल १८ टोली सहभागी छन् । सहभागी टोलीलाई चार समूहमा विभाजन गरिएको छ । नेपाल रहेको समूहमा कतार, भुटान र हङकङ रहेका छन् । नेपालले समूह चरणको अन्तिम खेलमा पर्सि हङकङसँग खेल्ने तालिका छ । प्रतियोगिताको हरेक समूहबाट शीर्ष दुई टोली क्वार्टरफाइनलमा प्रवेश गर्नेछन् ।
चारवशै क्वार्टरफाइनल खेल जेठ २७ गते हुनेछ । त्यसपछि जेठ २९ गते सेमिफाइनल खेलहरू तथा जेठ ३० गते तेस्रो स्थानका लागि र फाइनल खेल आयोजना गरिनेछ । यस प्रतियोगिताबाट उत्कृष्ट चार टोली आउँदो महिला एसिया कपका लागि छनोट हुनेछन् ।

सम्बन्धित समाचार