२०८२ चैत्र २२ गते , आईतबार

बिदेश जाने कामदारको पीसीआर निशुल्क हुने

sajilo news
परिवेश मिडिया
२०७८ फाल्गुन १३ गते , शुक्रबार
बिदेश जाने कामदारको पीसीआर निशुल्क हुने

काठमाडौं । सरकारले अबदेखि वैदेशिक रोजगारीमा जाने कामदारहरुको पीसीआर परीक्षण नि:शुल्क गर्ने भएको छ ।
शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्यमन्त्री स्तरीय निर्णय गर्दै निःशुल्क पीसीआर परीक्षणको व्यवस्था गरेको हो ।
संविधानको धारा ५१ अन्तर्गत नागरिकलाई स्वास्थ्य परिक्षण सेवा सर्वसुलभ पार्ने र मौलिक हक प्रत्याभूति दिने अभिप्रायले यस्तो निर्णय गरेको हो ।
यसभन्दा अगाडी सरकारी अस्पताल तथा प्रयोगशालामा पीसीआर परीक्षण गर्दा ८ सय तिर्नुपर्ने हुन्थ्यो ।

सम्बन्धित समाचार