२०८२ चैत्र २२ गते , आईतबार
बजेटमाथि उठ्का प्रश्नको अर्थमन्त्रीले जवाफ दिने
काठमाण्डौ । आर्थिक वर्ष २०८०/८१ का लागि सरकारले प्रस्तुत गरेको बजेटमाथिको छलफल सकिएको छ। जेष्ठ १५ गते सार्वजनिक भएको बजेटमाथि आज अर्थमन्त्री डाक्टर प्रकाशशरण महतले जवाफ दिने कार्यक्रम रहेको छ ।
आइतबार बजेटमाथी सांसद्हरुले बोल्ने क्रम सकिएकोले आज दिउँसो १ बजे बस्ने बैठकमा अर्थमन्त्री महतले जवाफ दिने कार्यसूचि रहेको छ ।
जेष्ठ १५ गते सार्वजनिक गरिएको बजेटमाथि प्रधानमन्त्री पुष्पकमल दाहाल भारत भ्रमणबाट फर्किएपछि जेष्ठ २१ गतेदेखि प्रतिनिधि सभाको बैठकमा छलफल सुरु भएको थियो ।