२०८३ मंसीर ८ गते , मंगलबार

पोखरीमा डुबेर तीन बालिकाको मृत्यु

sajilo news
परिवेश मिडिया
२०८१ असार २१ गते , शुक्रबार
पोखरीमा डुबेर तीन बालिकाको मृत्यु

जनकपुरधाम । धनुषामा पोखरीमा डुबेर तीन बालिकाको मृत्यु भएको छ ।

धनुषाको धनौजी गाउँपालिका-५ बअुहर्वाको एक सार्वजनिक पोखरीमा डुबेर १० देखि १२ वर्ष उमेरका तीन बालिकाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा मुस्कान खातुन, जिनत खातुन र अजमेरी खातुन रहेको धनुषाका प्रहरी प्रवक्ता डीएसपी रञ्जन अवाले जानकारी दिए ।

उनका अनुसार बिहीबार दिउँसो सवा १२ बजेतिर पोखरीमा बालिकाहरुलाई डुबिरहेको देखेपछि स्थानीयले उद्धार गरी उपचारका लागि जनकपुर प्रादेशिक अस्पताल ल्याउने क्रममा एकजनाको र दुईजनाको अस्पतालमा मृत्यु भएको हो ।

उनीहरु नुहाउने क्रममा डुबेको स्थानीय बासिन्दाले बताएका छन् ।

बालिकाहरुको शव पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको र घटना विषयमा थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

सम्बन्धित समाचार