२०८२ चैत्र २२ गते , आईतबार

प्रधानमन्त्रीको कार्यक्षमतामाथि सुमनाले उठाइन् प्रश्न

sajilo news
परिवेश मिडिया
२०८१ भाद्र ६ गते , विहीबार
प्रधानमन्त्रीको कार्यक्षमतामाथि सुमनाले उठाइन् प्रश्न

काठमाण्डौ राष्ट्रिय स्वतन्त्र पार्टीको सांसद सुमना श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यक्षमतामाथि प्रश्न उठाएकी छन्

बिहीबार प्रतिनिधि सभामा बोल्दै सांसद श्रेष्ठले प्रधानमन्त्रीको कार्यक्षमता भएन भनेर नभन्नु पर्ने कारण के भन्दै प्रश्न गरेकी हुन्

उनले भनिन्विवाद भएका विश्वविद्यालयका कुलपति प्रधानमन्त्री, एउटा मन्त्रीले अर्को मन्त्रीलाई सामाजिक सञ्जालमा जोडदार माग गर्नुपर्ने, त्यो मन्त्रीहरूको परिषद्को कप्तान को ? प्रधानमन्त्री, दलीय राजनीतिले जडजड बनाएको दुई ठूला दलको भातृ संगठन, प्रशासनिक संगठन, प्राध्यापक  संगठन त्यसलाई सही दिशातर्फ लान्छु भनेर लागेका को ? प्रधानमन्त्री साउन ३० गते सरस्वती क्याम्पसमा चिट चोराउन पुगेका अनेरास्वयुका नेताले परीक्षा नियन्त्रकलाई कुटे, क्याम्पस प्रमुख दल चाहिन्छ भन्ने को ? अहिलेको प्रधानमन्त्री यसमा प्रधानमन्त्रीको कार्यक्षमता भएन भनेर नभन्नु पर्ने कारण के छ ? बताइदिनुर्पयो

सम्बन्धित समाचार