२०८३ मंसीर ८ गते , मंगलबार

साइकल जोगाउन खोज्दा घाइते मोटरसाइकल चालकको मृत्यु

sajilo news
परिवेश मिडिया
२०८१ आश्विन १४ गते , सोमबार
साइकल जोगाउन खोज्दा घाइते मोटरसाइकल चालकको मृत्यु

बिर्तामोड । झापाको बिर्तामोड नगरपालिका वडा नम्बर १० स्थित ठुटेबरमा आइतबार भएको दुर्घटनाका घाइतेको मृत्यु भएको छ । बिर्तामोड–१० निवासी २७ बर्षीय अनिस न्यौपानेको उपचारको क्रममा मृत्यु भएको हो ।

आइतबार करिब २ः३० बजे बिर्ताबजारबाट सैनिकबजार तर्फ जाँदै गरेको प्र१–०१–०१२ प ५८९१ नम्बरको मोटरसाईकलले बिपरित दिशाबाट आउँदै गरेको साकल यात्रीलाई जोगाउने क्रममा आफै अनियन्त्रीत भई दुर्घटना हुँदा मोटर साइकल चालक न्यौपानेको  टाउको र दुबै खुट्टामा चोट लागि गम्भीर घाइते भएका थिए । मोटरसाइकलको पछाडी सवार बिर्तामोड नगरपालिका वडा नम्बर १० बस्ने बर्ष अन्दाजी ३८ को टिकाराम रायको दुबै खुट्टामा चोट लागेको थियो । रायको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । 

घाइतेद्वयको बीएण्डसी अस्पतालमा उपचार भइरहेकोमा मोटरसाइकल चालक न्यौपानेको सोमबार (आज) दिउँसो २ बजे मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ ।

सम्बन्धित समाचार