२०८३ जेष्ठ १९ गते , मंगलबार

मेरो श्रीमानको हत्या एउटा कुखुरा मारे बराबर भयो : मृतक पत्नी कृष्णमाया

sajilo news
परिवेश मिडिया
२०८१ कार्तिक १० गते , शनिबार
मेरो श्रीमानको हत्या एउटा कुखुरा मारे बराबर भयो : मृतक पत्नी कृष्णमाया

बिर्तामोड झापाको दमकमा गत मंगलबार हत्या गरिएका यामु (देशु) निरौलाकी पत्नि कृष्णमाया निरौलाले आफ्नो श्रीमानको हत्या एउटा कुखुरा मारे बराबरको भएको भन्दै गुनासो गरेकी छन्

शनिबार बिहान विक्षिप्त अवस्थामा बिर्तामोडमा भेटिएका मृतक निरौलाकी श्रीमती ३० बर्षीया कृष्णमाया, ११ बर्षीय छोरा दिपांश, बर्षीया छोरी दिपाली दाजु नवराजले आफुहरुले न्याय नपाएको गुनासो गरेका हुन् निर्दोष रहेका यामुलाई अनाहकमा बोलाएर हत्या गरिएको न्यायका लागि प्रहरी प्रशासनले सहयोग गर्नुको साटो दुःख दिएको भन्दै उनीहरुले आक्रोश पोखे श्रीमानको हत्या भएपछि जाहेरी लिएर प्रहरीकहाँ जाँदा प्रहरीले जाहेरी लिन नमानेको, जाहेरी दर्ता गर्नका लागि आन्दोलन गर्नु परेको, हत्याका योजनाकारहरुलाई हालसम्म पनि पक्राउ नगरेको भन्दै पिडीत परिवारले प्रहरी प्रशासनको आलोचना गरेका छन्  

श्रीमानको हत्या भएको मैले न्याय पाउँदिन भन्दा डीएसपीले ठुलो मान्छेको कुरा सुन्नुपर्छ, माथिको आदेश आउनु पर्छ भन्नु भयो,’ विक्षिप्छ हुँदै श्रीमती कृष्णमायाले भनिन्, ‘२७ बर्षको उमेरमा विधुवा भएँ, छोराछोरीले बाबा खोइ भन्छन् अनुत्तरित छु, उताका मान्छे भित्र भित्रै मिलाउनुपर्छ हामी पैसा दिन्छौँ भन्छन् हत्याका योजनाकार बुद्धि थापा नम चेम्जोङ रहेको बताउँदै मृतकका दाजु नवराजले बुद्धिका भाई गोविन्द थापाले बुद्धि नम लगायत आफ्ना पार्टीका मान्छेहरुको नाम नलिन आग्रह गर्दै पैसा दिने, बालबालिकाको पढाईमा सहयोग गर्ने भन्दै अनुरोध गरेको नाम लिए राम्रो नहुने भन्दै धम्क्याएको बताए बुद्धि नेकपा एमालेको तर्फबाट प्रदेश सांसद होमबहादुर थापाका भाई हुन् हत्यामा संलग्नहरु नेकपा एमालेका कार्यकर्ता भएको प्रहरीलेपनि शक्तिको आडमा घटनामा संलग्नहरुलाई उन्मुक्ति दिन खोजेको पिडीत परिवारको आरोप बुद्धि थापा नम चेम्जोङ पक्राउ नपरेसम्म शव नबुझ्ने परिवारको अडान

शनिबार विहान पिडीत परिवारले नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईलाई भेटेका छन् भेटका क्रममा प्रसाईले निरौला परिवारलाई न्याय दिलाउने बचन दिए उनले निरौलाको परिवारको न्यायका लागि अभियानसहित दमकका शुभचिन्तकहरुलाई दमकमा उतार्ने बताए

यो पनि पढ्नुहोस

यामु निरौला हत्या प्रकरण : दुई जना पक्राउ, कारबाहीका लागि प्रहरीलाई दबाब

सम्बन्धित समाचार