२०८३ जेष्ठ १९ गते , मंगलबार

लेखा समिति सभापति पोखरेलको राजीनामा माग

sajilo news
परिवेश मिडिया
२०८१ पौष ८ गते , सोमबार
लेखा समिति सभापति पोखरेलको राजीनामा माग

झापा नेकपा माओवादी केन्द्रले लेखा समिति सभापतिको राजीनामा मागेको सोमबार सिंहदरबारमा बसेको लेखा समिति सभापतिको बैठकमा माओवादी केन्द्रका सांसद अमनलाल मोदीले सभापति ऋषिकेश पोखरेलको राजीनामा मागेका हुन्

सहकारीमा परिवार जोडिएको लेखा समितिको सभापति प्रमुख प्रतिपक्षले पाउनु पर्ने भन्दै माओवादीले उनको राजीनामा माग गरेको हो बैठकमा मोदीले भने,‘सभापतिज्यू माथि प्रश्न सहकारीको विषय तपाईंको परिवारमा जोडिएको प्रश्न उठेपछि यसको बारेमा तपाईंले जवाफ दिनुपर्छ

सभापति पोखरेलकी पत्नी अञ्जला कोइरालासहित २६ जनाविरुद्ध मोरङको धनपालथान गाउँपालिका स्थित उमागौरी कृषि सहकारी संस्थाको रकम अपचलनमा संलग्न आरोपमा मुद्दा दायर गरिएको

यस्तै बैठकमा सांसद मोदीले लेखा समितिको बैठक धेरै समय पछि बसेको भन्दै आक्रोश व्यक्त गरे उनले भने, ‘चेक एण्ड ब्यालेन्सको कुरा गर्दा लेखा समितिले हेर्छ तर, तपाईंको पार्टी सरकारमा लेखा समिति सरकारको छाया बन्ने हो सारमा यसको बारेमा पुनर्बिचार गर्दा राम्रो

सांसद मोदीले सभापति पोखरेलले मार्ग प्रशस्त गरेर चेक एण्ड ब्यालेन्स गर्नुपर्ने बताए  

सम्बन्धित समाचार