२०८२ चैत्र २२ गते , आईतबार

कोशी प्रदेश स्तरीय विज्ञान प्रदर्शनी शुरू, पूर्व राष्ट्रपति भण्डारीद्वारा उद्घाटन

sajilo news
परिवेश मिडिया
२०८२ जेष्ठ २४ गते , शनिबार
कोशी प्रदेश स्तरीय विज्ञान प्रदर्शनी शुरू, पूर्व राष्ट्रपति भण्डारीद्वारा उद्घाटन

बिर्तामोड । झापाको बिर्तामोडमा  कोशी प्रदेश स्तरीय विज्ञान तथा प्रविधि प्रदर्शनी शुरू भएको छ । बिर्तामोड ५ स्थित देवी माविमा शुरू भएको प्रदर्शनीको शनिबार पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गरेकी हुन ।
प्रदर्शनीको पूर्व राराष्ट्रपति भण्डारीले मोबाइल एप्सबाट दीप प्रज्वलन गरी उद्घाटन गरेकी हुन् ।
नेकपा एमाले विज्ञान तथा प्रविधि बिभाग कोशी प्रदेश कमिटीको आयोजनामा भएको प्रदर्शनी तीन दिनसम्म संचालन हुने आयोजक कमिटीका संयोजक गणेश पोख्रेलले जानकारी दिए ।
प्रदर्शनीमा प्रथम, दोस्रो, तेस्रो र चौथो हुने विद्यालयलाई क्रमशः ४ लाख, ३ लाख, २ लाख र १ लाख नगद पुरस्कार प्रदान गरिने आयोजक संस्थाका सदस्य लक्ष्मीप्रसाद बास्कोटाले जानकारी दिए ।

सम्बन्धित समाचार