२०८३ जेष्ठ १९ गते , मंगलबार

वैदेशिक रोजगारीमा जानेलाई बिना धितो ऋण

sajilo news
परिवेश मिडिया
२०८२ असार २४ गते , मंगलबार
वैदेशिक रोजगारीमा जानेलाई बिना धितो ऋण

काठमाण्डौ सरकारले वैदेशिक रोजगारीमा जाने नेपालीहरूलाई बिना धितो ऋणको व्यवस्था गर्न लागेको जनाएको

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारीले वैदेशिक रोजगारीमा जाने नेपालीहरूलाई मिटरब्याजीको पासोबाट मुक्त गर्न बिना धितो ऋणको व्यवस्था गर्न लागिएको बताएका हुन्

श्रमिकको स्वास्थ्य सुरक्षा सुनिश्चित गर्न स्वास्थ्य परीक्षण प्रक्रियालाई पूर्ण रूपमा डिजिटल बनाउन लागेको समेत बताए

प्रतिनिधिसभा बैठकमा सांसद् प्रेम सुवालले राखेको प्रश्नमा जवाफ दिँदै मन्त्री भण्डारीले वैदेशिक रोजगार क्षेत्रमा रहेका विकृतिलाई अन्त्य गर्न सरकारले नीतिगत सुधारका लागि महत्त्वपूर्ण कदम चालेको बताए

मन्त्रीले वैदेशिक रोजगारीमा जाने युवाहरू चर्को ब्याजदरमा ऋण लिन बाध्य हुँदा ठगीमा पर्ने गरेको स्विकार्दै यस समस्याको समाधानका लागि नेपाल राष्ट्र बैंकसँगको सहकार्यमा बिना धितो ऋण उपलब्ध गराइने बताए

अब श्रमिकहरूले बैंकबाटै सहज किस्तामा तिर्न सक्ने गरी ऋण पाउनेछन्, जसले उनीहरूलाई मिटरब्याजीको चङ्गुलबाट जोगाउनेछ,’ मन्त्री भण्डारीले भने

सम्बन्धित समाचार