२०८२ चैत्र २२ गते , आईतबार
मेची भन्सारले भेटेन राजश्व लक्ष्य
बिर्तामोड । झापाको काँकरभिट्टास्थित मेची भन्सार कार्यालयले लक्ष्य अनुरुप राजश्व संकलन गर्न असमर्थ बनेको छ । गत आर्थिक बर्ष २०८१/८२ मा मेची भन्सार कार्यालयले लक्ष्यको ९१.८६ प्रतिशतमात्र राजश्व संकलन गरेको हो ।
कार्यालयले १७ अर्ब ३४ करोड ४६ लाख २५ हजार राजश्व सकलन गर्ने लक्ष्य राखेको भएपनि १५ अर्ब ९३ करोड ११ लाख ६६ हजार रुपैँया मात्र राजश्व संकलन गर्न सकेको कार्यालयका सुचना अधिकारी इश्वरकुमार हुमागाईँले जानकारी दिए ।

मेची भन्सार कार्यालयले गत बर्षको मंसिर महिनाबाहेक सबै महिनामा लक्ष्य भन्दा कम राजश्व संकलन गरेको थियो । मंसिरमा लक्ष्यभन्दा ६.०६ प्रतिशत बढी राजश्व संकलन गरेको कार्यालयले जनाएको छ ।
कार्यालयले अघिल्लो आर्थिक बर्ष २०८०/८१ भन्दा गत आवमा लक्ष्यको ११.९१ प्रतिशत बढी राजश्व सकलन गरेको छ ।