२०८२ चैत्र २२ गते , आईतबार

सरकारले गत आवमा लियो ४ खर्ब ५५ अर्ब ऋण

sajilo news
परिवेश मिडिया
२०८२ श्रावण १३ गते , मंगलबार
सरकारले गत आवमा लियो ४ खर्ब ५५ अर्ब ऋण

झापा सरकारी खर्च धान्न प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारले गत आर्थिक वर्ष ०८१/२ मा चार खर्ब ५५ अर्ब ३९ करोड रुपैयाँ ऋण लिएको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सोमबार सार्वजनिक गरेको तथ्यांकअनुसार अघिल्लो आव ०८०/८१ को तुलनामा एक खर्बभन्दा बढी हो

आव ०८०/८१ मा सरकारले तीन खर्ब ५८ अर्ब दुई करोड ऋण लिएको थियो गत आवमा सरकारले पाँच खर्ब ४७ अर्ब रुपैयाँ ऋण लिने लक्ष्य राखेको थियो त्यसमध्ये ८३.२५ प्रतिशत लक्ष्य प्राप्ति भएको हो गत आवमा आन्तरिक ऋणतर्फ लक्ष्यको करिब शतप्रतिशत नै ऋण उठाएको बजेटबाटै गत आवमा तीन खर्ब ३० अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने लक्ष्य लिएको थियो

त्यसमा तीन खर्ब २९ अर्ब ९९ करोड सात लाख रुपैयाँ ऋण लिइएको तर, विदेशी ऋण प्राप्तिमा भने सरकार कमजोर देखिएको गत आवमा सरकारले दुई खर्ब १७ अर्ब रुपैयाँ विदेशी ऋण लिने लक्ष्य लिएको थियो त्यसमा असार मसान्तसम्म एक खर्ब २५ अर्ब ३९ करोड ९९ लाख रुपैयाँ विदेशी ऋण ल्याइएको , जुन लक्ष्यको ५७.९९ प्रतिशत मात्रै हो

सम्बन्धित समाचार