२०८२ चैत्र २२ गते , आईतबार

हितेन्द्रको आगमनसँगै बढ्यो विद्युत चुहावट, चुहावट बढेको तथ्याङ्क सच्याउन हितेन्द्रको दबाब

एकल अंकमा झरेको विद्युत् चुहावट फेरि पुग्यो १०.२६ प्रतिशत

sajilo news
परिवेश मिडिया
२०८२ श्रावण १७ गते , शनिबार
हितेन्द्रको आगमनसँगै बढ्यो विद्युत चुहावट, चुहावट बढेको तथ्याङ्क सच्याउन हितेन्द्रको दबाब

बिर्तामोड पछिल्लो तीन वर्ष निरन्तर घट्दै आइरहेको वितरणतर्फको विद्युत् चुहावटको हिस्सा ०८१/८२ मा भने बढेको अघिल्लो आव ०८०/८१ मा वितरणतर्फको विद्युत् चुहावट ९.५९ प्रतिशत थियो गत आवमा बढेर १०.७६ प्रतिशत पुगेको

प्राधिकरणको तथ्यांकअनुसार गत आवमा वितरण प्रणालीमा १२ अर्ब ६४ करोड युनिट विद्युत् आएको तर, ११ अर्ब २८ करोड विद्युत् मात्रै खपत भएको यो हिसाबअनुसार एक अर्ब ३६ करोड युनिट विद्युत्लस भएको ०८१ असारसम्म प्राधिकरणको औसत विद्युत् बिक्री दर प्रतियुनिट ९.७४ रुपैयाँ थियो उक्त दरबाट हिसाब निकाल्दा गत आवमा १३ अर्ब २४ करोड ६४ लाख रुपैयाँको विद्युत् चुहावट भएको देखिन्छ ०७७/७८ मा ११.६४ प्रतिशत, ०७८/७९ मा १०.८६ प्रतिशत, ०७९/८० मा ९.७६ प्रतिशत ०८०/८१ मा ९.५९ प्रतिशत चुहावट थियो

प्राधिकरणले चुहावटको पूर्ण तथ्यांक तयार भइनसकेको दाबी गरेको तथ्यांक तयार भइसकेको, तर विवाद हुने देखिएपछि सार्वजनिक नगरिएको स्रोतले जनाएको

ट्रिपिङ धेरै हुँदा बढ्यो चुहावट

विद्युत् चुहावट प्राविधिक गैरप्राविधिक गरी दुई प्रकारका हुन्छन् प्राविधिकतर्फ गत आवमा विद्युत् ट्रिपिङ धेरै भयो त्यस्तै, वितरण लाइन सुदृढीकरणको काम पनि राम्रोसँग हुन सकेन चुहावट बढेको स्रोतको भनाइ मुख्यतस् वितरण लाइन सुदृढीकरणमा प्राधिकरणले पर्याप्त काम गर्न नसक्दा यस्तो समस्या आएको स्रोतको दाबी गैरप्राविधिकतर्फ चोरी नियन्त्रणजस्ता काम पनि प्रभावकारी भएनन्

वितरण तथा ग्राहक सेवा निर्देशनालयका प्रमुख दीर्घायुकुमार श्रेष्ठले विद्युत् चुहावटको तथ्यांक अन्तिम हुन बाँकी रहेको बताएतथ्यांक कलेक्सन भइरहेको त्यो गणना गरेर अन्तिम तथ्यांक निकाल्न बाँकी ,’ उनले भने, ‘गत आवकै हाराहारीमा विद्युत् चुहावटको तथ्यांक आउने आशा तर, तथ्यांक तयार भइसकेको, विवाद हुने देखिएपछि सार्वजनिक नगरिएको स्रोतको दाबी

चुहावट बढेको तथ्यांक सच्याउन हितेन्द्रको दबाब

प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले तथ्यांक तोडमोड गर्न प्रदेश प्रमुख तथा वितरण केन्द्रका प्रमुखहरूलाई दबाब दिइरहेका छन् शनिबार दिउँसो उनले प्रदेश प्रमुख तथा वितरण केन्द्रका प्रमुखसँग चुहावट दर पुनरावलोकनका लागि छलफलसमेत राखेका छन् तथ्यांक तोडमोड गर्न निरन्तर दबाब आएपछि एक वितरण केन्द्रका कर्मचारीले त्यसो गर्न नसकिने भन्दै प्राधिकरणका एक निर्देशकलाई ह्वाट्सएपमा म्यासेज गरेका छन्मैले गाली खाएँ हाम्रो केन्द्रको लस टारगेटभित्र आई एम नट गोइङ टु इडिट एनी डाटा (म कुनै पनि तथ्यांक सम्पादन गर्नेछैन) दिनलाई दिन, रातलाई रात,’ ती अधिकारीले पठाएको ह्वाट्सएप म्यासेजमा भनिएको यो म्यासेजबाट पनि तथ्यांक तोडमोड गर्न कर्मचारीलाई दबाब आइरहेको देखिन्छ

सम्बन्धित समाचार