२०८३ जेष्ठ १९ गते , मंगलबार

नेल्टा अध्यक्ष पराजुलीले बृद्धाश्रममा मनाए जन्मदिन

sajilo news
परिवेश मिडिया
२०८२ श्रावण २४ गते , शनिबार
नेल्टा अध्यक्ष पराजुलीले बृद्धाश्रममा मनाए जन्मदिन

बिर्तामोड नेपाल अंग्रेजी भाषा शिक्षक संगठन झापाका अध्यक्ष तथा शैक्षिक परामर्श संघ (इक्यान) झापाका कार्य समिति सदस्य प्रकाश पराजुलीले वृद्धाश्रममा जन्मोत्सव मनाएका छन् अधिकारीले शुक्रबार आफ्नो जन्मदिन बिर्तामोड स्थित परोपकार अनुसन्धान केन्द्रद्वारा सञ्चालित वृद्धाश्रममा जन्मदिन मनाएका हुन्

हरेक वर्ष जन्मोत्सवलाई फरक सन्देशमुलक ढंगबाट मनाउँदै आएका पराजुलीले पछिल्लो समय ज्येष्ठ नागरिक प्रति माया ममता हराउँदै गएकाले वृद्धाश्रममा रहेका आमाबुबासंग खुशी साटेको प्रतिक्रिया दिए सो अवसरमा उनले वृद्धाश्रमलाई करिब दश हजार रुपैयाँ बराबरको सामग्री प्रदान गरेका थिए जन्मोत्सव मनाउन आयोजित कार्यक्रममा इक्यान झापा जिल्ला समिति, नेल्टा झापा जिल्ला समिति पराजुली परिवारको सहभागिता रहेको थियो कार्यक्रममा इक्यान झापाका अध्यक्ष रोशन सुवेदी नेल्टा कोशी प्रदेशका वरिष्ठ उपाध्यक्ष एवम् झापाका संस्थापक अध्यक्ष धर्मेन्द्र भट्टराईले शुभकामना दिएका थिए उनीहरुले हरेक आफ्नो जन्मोत्सवमा ज्येष्ठ नागरिक अर्थात वृद्धाश्रममा रहेका आमाबुबाको मुहारमा पनि खुशीयाली प्रदान गरेको भन्दै पराजुलीलाई बधाईका साथै शुभकामना दिएका थिए

सम्बन्धित समाचार