२०८२ चैत्र २२ गते , आईतबार

पाथीभरा मन्दिरमा १० लाख बढी भेटी सङ्कलन

sajilo news
परिवेश मिडिया
२०८२ भाद्र १ गते , आईतबार
पाथीभरा मन्दिरमा १० लाख बढी भेटी सङ्कलन

झापा । प्रसिद्ध धार्मिकस्थल पाथीभरामा १० लाख रुपैयाँ भन्दा बढी भेटी सङ्कलन भएको छ । चालु आर्थिक वर्षको पहिलो महिना साउनमा वर्षको १० लाख ३९ हजार रुपैयाँ भेटी सङ्कलन भएको हो । 
पाथीभरा क्षेत्र विकास समितिले शनिबार सार्वजनिक गरेको विवरण अनुसार एक महिनाको अवधिमा उक्त रकम बराबरको भेटी सङ्कलन भएको हो । समितिले तीर्थयात्रीले चढाएको भेटी प्रत्येक महिना गणना गरि बैँकमा जम्मा गरेर कुल रकमको विवरण सार्वजनिक गरिरहेको छ । 
क्षेत्र विकास कोषका कार्यकारी निर्देशक प्रजिन हाङबाङका अनुसार साउनमा दुई हजार बढी तीर्थयात्री दर्शनका लागि पाथीभरा पुगेका छन् ।
साउन महिनामा २१४६ जना भक्तजन मन्दिर दर्शनका लागि पाथीभरा पुगेको समितिले जनाएको छ । 

सम्बन्धित समाचार