२०८२ चैत्र २२ गते , आईतबार

वडा कपको उपाधि पञ्चकन्या प्रगति टोललाई

sajilo news
परिवेश मिडिया
२०८२ पौष ६ गते , आईतबार
वडा कपको उपाधि पञ्चकन्या प्रगति टोललाई

बिर्तामोड । बिर्तामोड नगरपालिका १ मा आयोजित दोस्रो वडाध्यक्ष कप फुटबल प्रतियोगिताको उपाधि पञ्चकन्या प्रगति टोलले जितेको छ।
वडा खेलकुद विकास समितिको आयोजनामा ग्रिनफिल्ड स्कुलको खेल मैदानमा शनिबार सम्पन्न फाइनल खेलमा गौरीनारायण टोललाई १–० गोल अन्तरले पराजित गर्दै पञ्चकन्याले उपाधि हात पारेको हो। पञ्चकन्याका जर्सी नम्बर १९ का खेलाडी अभियान ढुंगेलले गरेको एकमात्र गोल नै निर्णायक बन्यो।
प्रतियोगिताका विजेताले नगद १५ हजार रुपैयाँ तथा उपविजेताले नगद १० हजार रुपैयाँसहित मेडल र ट्रफी प्राप्त गरेका छन्। विजेता तथा उपविजेतालाई कार्यक्रमका प्रमुख अतिथि वडा नम्बर १ का वडाध्यक्ष अग्निप्रसाद पाण्डे र आयोजक समितिका अध्यक्ष सुदर्शन रोकाले पुरस्कार वितरण गरे।
यसैगरी प्रतियोगितामा उत्कृष्ट खेलाडी विशन नेम्बाङ, उत्कृष्ट गोलकिपर साहिल पोख्रेल र सर्वाधिक गोलकर्ता सिद्धार्थ वेस्राले जनही नगद १ हजार रुपैयाँ पुरस्कार प्राप्त गरेका छन्।
एक दिवसीय तियोगितामा वडा भित्रका विभिन्न टोलबाट १५ वर्षमुनिका ११ वटा टिमको सहभागिता रहेको थियो । वडा खेलकुद विकास समितिमार्फत आगामी केही दिनभित्र ब्याडमिन्टन, क्रिकेटलगायतका अन्य खेल प्रतियोगिताहरू पनि आयोजना गरिने आयोजकले जानकारी दिएको छ।

सम्बन्धित समाचार