२०८२ चैत्र २१ गते , शनिबार

बुढो मावली आएकी ५ वर्षीया बालिकाको झ्यालबाट खसेर मृत्यु

sajilo news
परिवेश मिडिया
२०८२ चैत्र २१ गते , शनिबार
बुढो मावली आएकी ५ वर्षीया बालिकाको झ्यालबाट खसेर मृत्यु

बिर्तामोड । झापाको बिर्तामोड नगरपालिका वडा नम्बर ५ मा एक बालिकाको खसेर मृत्यु भएको छ । शनिबार बिहान अन्दाजी ८:३० बजे बिर्तामोड नगरपालिका ५ स्थित मन्जु उप्रेतीको घरको झ्यालबाट खसेर दमक ४ की ५ वर्षीया मानस्वी आचार्यको मृत्यु भएको हो ।
मृतक बालिकाको बुढो मावली ताप्लेजुङ फुङलिङ नगरपालिका ३ घर भएका हेमसागर भट्टराई उप्रेतीको घरमा भाडामा बस्दै आएका थिए ।
पाहुना आएकी मनोज आचार्यकी छोरी मानस्वी घरको तीन तला माथी कोठामा खेल्ने क्रममा झ्यालबाट भुईंमा झरी घाईते भई उपचारको लागी बिएण्डसी अस्पताल बिर्तामोडमा ल्याई उपचार भइ रहेकोमा बिहान १०:५५ बजेको  मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। 

सम्बन्धित समाचार