२०८३ जेष्ठ १८ गते , सोमबार

इलाममा पिकअप दुर्घटना हुँदा चालकको मृत्यु

sajilo news
परिवेश मिडिया
२०८३ जेष्ठ १७ गते , आईतबार
इलाममा पिकअप दुर्घटना हुँदा चालकको मृत्यु

झापा । इलामको सूर्योदय नगरपालिका–४ खड्का गाउँस्थित भित्री कच्ची सडकमा भएको पिकअप दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्। आज बिहान करिब ११ः५५ बजे खड्का गाउँबाट बमजम डाँडा तर्फ बाँस बोकेर जाँदै गरेको प्रदेश १–०१–००१ ज ३५३२ नम्बरको पिकअप गाडी अनियन्त्रित भई सडकबाट करिब १०० मिटर तल खसेको प्रहरीले जनाएको छ।
दुर्घटनामा गाडी चालक सूर्योदय नगरपालिका–४ बमजम डाँडा निवासी ४५ वर्षीय बिलास राई गम्भीर घाइते भएका थिए। उनलाई उपचारका लागि फिक्कल अस्पताल पुर्‍याइए पनि उपचारकै क्रममा दिउँसो १ः१५ बजे चिकित्सकले मृत घोषणा गरेका हुन्। उनको शव फिक्कल अस्पतालमै राखिएको छ।
दुर्घटनामा घाइते भएका सहचालक सूर्योदय नगरपालिका–४ श्रीबुङ निवासी २० वर्षीय कुन्दन वाइबाको श्रीनिधि अस्पताल फिक्कलमा उपचार भइरहेको छ। त्यसैगरी, सोही गाडीमा सवार सूर्योदय नगरपालिका–४ श्रीबुङ निवासी ४३ वर्षीय विशाल थुलुङ राईलाई थप उपचारका लागि झापास्थित बिर्तासिटी अस्पताल पठाइएको प्रहरीले जनाएको छ।
दुर्घटनाको कारणबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

सम्बन्धित समाचार