२०८३ जेष्ठ १९ गते , मंगलबार

कहाँ पुग्यो दमकमा हत्या गरिएकी रमा तिवारी अनुसन्धान प्रक्रिया ?

sajilo news
परिवेश मिडिया
२०८३ जेष्ठ १९ गते , मंगलबार
कहाँ पुग्यो दमकमा हत्या गरिएकी रमा तिवारी अनुसन्धान प्रक्रिया ?

बिर्तामोड हत्या पछि बोरामा शव पोको पारेर खोलामा फ्याँकिएको अवस्थामा दमक निवासी रमा तिवारीको शव फेला परेपछि घटनाको बिषयमा चौतर्फी चासो चिन्ता बढेको प्रहरीले भने घटनाको सुक्ष्म अनुसन्धान गरिरहेको जनाएको

हामी प्राविधिक हिसाबले घटनाको सुक्ष्म अनुसन्धान गरिहेका छौँ,’ जिल्ला प्रहरी कार्यालय झापाकी प्रमुख प्रहरी उपरीक्षक बसुन्धरा खड्काले भनिन्, ‘चाँडै घटनाको सत्य तथ्य पत्ता लगाउँछौँ घटनाको अनुसन्धानका लागि प्रदेशको प्रहरी टोली समेत लागिरहेको

दमक निवासी नारायण तिवारीकी छोरी २१ बर्षीया रमा घरबाट हिडेको ६० घण्टा पछि उनको शव बोरामा पोको पारेर दमक नगरपालिका १० सेतुमारीस्थित रतुवाखोलाको पुल मुनी फेला परेको थियो शव फेला परेको घण्टापछि मात्र मृतकको पहिचान भएको थियो घरबाट हिडेको घण्टौँ बितिसक्दा पनि खोजतलासका लागि प्रहरीमा निवेदन नपरेको पाइएको प्रहरी स्रोतका अनुसार यस अघिपनि रमा घरबाट यसरी नै हिडिरहने गरेकाले खोजतलासको लागि निवेदन नदिइएको बुझिएको रमा लागूऔषध सेवन तथा कारोबारमा संलग्न हुन सक्ने आशंका गरिएको

प्रहरी स्रोतका अनुसार विभिन्न कोणबाट मानिसहरुसँग सोधपुछ भइरहेको चाँडै अनुसन्धान प्रक्रिया निष्कर्षमा पुग्नेछ  

सम्बन्धित समाचार