२०८३ जेष्ठ २१ गते , विहीबार

७५० इभी गाडी सशस्त्र प्रहरीको नियन्त्रणमा

sajilo news
परिवेश मिडिया
२०८३ जेष्ठ २१ गते , विहीबार
७५० इभी गाडी सशस्त्र प्रहरीको नियन्त्रणमा

झापा नेपालचीन सीमा नाका कोरला हुँदै भित्रिएका ७५० विद्युतीय सवारीसाधन सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको मुस्ताङदेखि कास्कीसम्मको सडकबाट ती गाडी नियन्त्रणमा लिइएको सशस्त्र प्रहरी बलका एक उच्च अधिकृतले बताए

बजेट वक्तव्य सार्वजनिक हुनुअघि नै ती गाडी नेपाल भित्रिएको बताइएको गाडीहरू विभिन्न जिल्लामा लैजान लागेको सूचना पाएपछि नेपाल प्रहरीसँगको समन्वयमा सशस्त्रले ती गाडी नियन्त्रणमा लिएको हो

बरामद गाडी नम्बर प्लेट बिनाका हुन् शङ्का लागेर नियन्त्रणमा लिइएका ती गाडीका कागजात भन्सारसँगको समन्वयमा चेकजाँच गरिने ती अधिकृतले बताए उनले भने, ‘कागजात हेर्छौँ, त्रुटि नदेखिए फिर्ता गर्र्छौं त्रुटि देखिएमा भन्सार कार्यालयबाट कानुन अनुसार हुन्छ

बजेट वक्तव्यमा करको दर हेरफेरको सूचना लिक भएपछि  ती गाडी आयात गरिएको आशङ्का गरिएको   कास्की पर्वत लगायतका ठाउँमा ती गाडी सशस्त्र प्रहरीले होल्ड गरेर राखेको सशस्त्रका एकजना उच्च अधिकृत भन्छन्, ‘बिवाईडी लगायतका विद्युतीय गाडीहरू छन्

सम्बन्धित समाचार