२०८३ श्रावण १८ गते , सोमबार
व्यवस्था नै बदल्ने चेतावनी दिएका प्रसाई मध्यरातमा पक्राउ, राणाद्वारा रिहाइको माग
बिर्तामोड । आइतबार पत्रकार सम्मेलन गरी व्यवस्था नै बदल्ने गरी आन्दोलन गर्ने चेतावनी दिएका मेडिकल व्यवसायी दुर्गा प्रसाई मध्यरातमा पक्राउ परेका छन् । प्रसाईँलाई भक्तपुर प्रहरीले १०:३० बजे राति उनकै घरबाट पक्राउ गरेको हो।
प्रसाईलाई भक्तपुर प्रहरीको बालमैत्री कोठामा राखिएको छ।
यता राजावादी नेता डा. धवलशम्सेर राणाले आफ्ना सहकर्मी दुर्गा प्रसाईको पक्राउको निन्दा गर्दै तत्काल रिहाइको माग गरेका छन्।
सोमबार एक प्रेस विज्ञप्ति जारी गर्दै राणाले आलोचना, फरक मत तथा मत–अभिमत लोकतान्त्रिक पद्धतिका आधारस्तम्भ भएको उल्लेख गरेका छन्। नागरिकप्रति सरकारको जवाफदेहिता, प्रजातान्त्रिक सन्तुलन तथा समाजको उन्नति–प्रगतिका लागि विचार तथा अभिव्यक्ति स्वतन्त्रता आधारभूत अधिकार भएको उनको भनाइ छ।